काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार पनि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै तोलामा २०० रुपैयाँले सुनको भाउ बढेको जानकारी दिएको हो । यससँगै, छापावाल सुनको मूल्य १ लाख ५०० रूपैयाँ पुगेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो । गत साताको बिहीबारदेखि बढ्न थालेको सुनको मूल्य आज लगातार तेस्रो दिन बढेको छ ।
बिहीबार तोलामा ४०० र शुक्रबार ६०० रूपैयाँले बढेको थियो । यस्तै, आज तोलामा २०० रूपैयाँले बढेको छ । यस्तै, मंसिर पहिलो साताको तुलनामा २५ सय रूपैयाँले मूल्य उकालो लागेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ रहेको चाँदीको भाउ आज १४ सय रूपैयाँ छ ।
आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर
नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
आजको मुद्राको दर यसप्रकार रहेको छ………
प्रतिकृया दिनुहोस्