Tuesday, October 16

पेटिकोट लगाएर प्रदर्शन गरेका सावित्रीको समूहद्धारा बलात्कारीलाई फाँसीको सजाय माग्दै कपाल मुण्डन (फोटो फिचर)

काठमाडौं, १२ भदौ । बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित सडक आन्दोलन गरिरहेको महिला अधिकारकर्मी सावित्री सुवेदीको समुहले मंगलवार सांकेतिक विरोध स्वरुपमा कपाल मुण्डन गरेको छ । मंगलवार पत्रकार सम्मेलन गरेर सो समुहले कपाल मुण्डन गरेको हो ।

रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेको सावित्री सुवेदी, सन्ध्या विडारी, जितेन्द्र वान्तवा लगायतको समुहले त्यस पछि कपाल मुण्डन गरेका हुन् । कपाल मुण्डन गर्नेमा महिला र पुरुष दुवै छन् । अभियन्ता सावित्री लगायतका अभियन्ताहरुले मंगलवार कपाल मुण्डन गरेर बलात्कारीलाई फाँसीको सजाय ब्यवस्था गर्न सरकारसंग माग राखेका छन् । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय नहुँदा सम्म आफुहरुको यस्ता संघर्षका कार्यक्रम जारी राख्ने बताएका छन् ।

यस अघि माइतिघर मण्डलामा पेटिकोट लगाएर प्रदर्शन गरेको सो समूहले मंगलवार कपाल मुण्डन गरेको छ । मुलुकका विभिन्न स्थानमा बालबालिका माथि भइरहेको यौन शोषण, बलात्कार र हत्याका घटना विरुद्ध सावित्री सुवेदी लगायतको समुहले विरोध गर्दै आएको छ । जय नारीका नामले चिनिने सो समुहले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित अभियान सुरु गरेको हो ।

बलात्कारीलाई समाजको बस्ने अधिकार नहुने भन्दै त्यसता संघिन अपारधका दोशीहरुलाई फाँसीको सजाय दिइनुपर्ने उनीहरुको तर्क छ ।

उनीहरुले समय अनुसार संविधान समेत परिमार्जन गर्नुपर्ने बताएका छन् । फासी विरुद्धको अभिसन्धीमा नेपालले हस्ताक्षर गरेका कारण नेपालले फाँसीको सजाय दिन नमिल्ने भएकाले समय अनुसार परिमार्जन गर्न संयुक्त राष्ट्रसंगलाई मुलुकको स्थिति दर्शाएर अनुरोध गर्न सरकारलाई आग्रह गरेका छन् ।

यो पनि हेर्नूहोस…

माइतीघर मण्डलामा पेटिकोट लगाएर बलात्कारी बिरुद्द उत्रिने सावित्री सुबेदीले यसरी गरिन धमला माथि हमला (भिडियो सहित) 

काठमाडौँ । बलात्कार जस्तो जघन्य अपराध बिरुद्द फासिको कारबाही गर्ने कानुन बनाउन माग राख्दै प्रदर्शनमा उत्रिएकी सावित्री सुवेदी धमलाको शोमा आएर फेरी सरकारको ध्यानाकर्षण गरेकी छिन ।

धमलाको प्रश्न माथि जंगिदै सावित्रीले छोरीचेली माथि हुने अत्याचारको फितलो कानुन हुनाले नै अपराधि खुल्लेआम घुमेर हिडेको उनको आरोप छ । कानुन संसोधन गरेर बलात्कारीलाई फासिको सजाय हुनु पर्ने उनको माग दोहोर्याइन ।हेर्नूहोस पुरा अन्तर्वार्ता :

Similiar Post