काठमाडौं- लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ । आइतबार राति लुसैल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।
पाँचौँ सहभागीतामा लिओनल मेस्सीले अर्जेन्टिनालाई उपाधि जिताउन सफल भएका छन्। ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकपको तेस्रो उपाधि जितेको हो। आइतबार राति भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले सन्यास लिने कुनै योजना नरहेको बताएका छन्। आइतबार अर्जेन्टिनालाई विश्वच्याम्पियन बनाएपछि पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल सन्यासको योजना नरहेको जवाफ दिए। सन्यास बारे सोधिएको प्रश्नमा मेस्सीले भने, ‘होइन, म राष्ट्रिय टोलिबाट सन्यास लिने छैन।
अर्जेन्टिनाको जर्सीमा विश्वच्याम्पियनको रुपमा खेलिरहन चाहन्छु।’ यसअघि यो विश्वकप आफ्नो अन्तिम हुने बताएका मेस्सीले विश्वकपसँगै सन्यास लिन सक्ने अनुमान गरिएको थियो। ती अनुमानविपरीत मेस्सीले अझै खेल्ने बताएका हुन्। तर उनले आगामी विश्वकप भने नखेल्ने बताएका छन्। ३५ वर्षीय मेस्सी सर्वाधिक विश्वकप खेल्ने खेलाडी बनेका छन्।
खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो ।
अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो । खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन् ।
प्रतिकृया दिनुहोस्