Sunday, January 29

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर,अमेरिकी डलर कति पुग्यो ?

2023-01-03 138

काठमाडौं, १९ पुस:नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १२ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३९ पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १७ रुपैयाँ, कुवेती दिनार एकको खरिद दर ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९४ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो पनि…सुनको मूल्य वर्षकै उच्च, प्रति तोला कति पुग्यो ?

नेपाली बजारमा सुनचाँदी महँगीदै गएको छ। आज मंगलबार सुनको मस्ल्य तोलामा ९ सयले बढेर प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ ।

सोमबार प्रति तोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ९ सयले बढेको प्रति तोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ।यता, चाँदीको प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो ।

प्रतिकृया दिनुहोस्