Friday, October 30

आँट गरे के हुँदैन ? अन्ततः काठमाडौंलाई लोडसेडिङ मुक्त बनाएरै छाडे कुलमान घिसीङले, यो काम यसरी सम्भब भयो, एक पल्ट सबैले पढ्नुहोला

बर्षौंदेखि लोडसेडिङको मार खेप्दै आएको काठमाण्डौ अहिले आएर करिव करिव लोडेसेडिङ मुक्तजस्तै देखिएको छ । योपनि सार्वजनिक पद धारण गरेका एक ब्याक्तीको जिम्मेवारीबोधको कारण।

अन्यत्रको विद्युत कटौती गरेर राजधानीमा सप्लाई गरिएर लोडसेडीङ हटाईएको नभई यहीभित्रकै चुहावटलाई नियन्त्रण गरी यसको समुचित वितरणनै लोडसेडिङ करिव करिव अन्त्य हुनुको कारण हो ।

स्वेदेशकै श्रोत र साधन उपयोग गरेर गौरवको आयोजनाको रुपमा स्थापित चिलिमे मोडललाईनै आत्मासाथ गर्दै अघि बढिरहेको मध्य भोटेकोशी , रसुवागढी , सान्जेन लगायतको परियोजनामा आज भन्दा करिव २ बर्ष पहिले राजनैतिक हस्तक्षेप हुँदा तत्कालिन आयोजना प्रमुख कुलामान घिसिङ पदबाट हटाईए । तत्कालिन उर्जामन्त्री राधा ज्ञावालीको यो कदम बिरुद्ध आम नागारिक लगायत रसुवाबासीले महिनौं आन्दोलन गरे ।

सायद अहिलेसम्म उनि उक्त आयोजनामा हुन्थे त आयोजनाको कामले ठुलो गती पाउने थियो । राजनितीको काउसोले छोएको हरेक क्षेत्र धरासायी भए जस्तै चिलिमेको अगुवाईमा अघि बढेका सबै आयोजनाहरु अपांग बने ।

आयोजनाहरु प्रतीको बिश्वाशले बजारमा २६०० माथी पुगेको चिलिमेको सेयरको बजार मुल्य राजनितिक हस्तक्षेप पछी दिन प्रतिदिन घट्दै अहिले १२०० मा आईपुगेको छ ।

क्षमता , आत्मबिस्वास , जाँगर र केहि गर्छु भन्ने भावना भएको ब्याक्ती जुन सुकै ठाउँमा पुगेपनी परिणाम त देखिन्छ नै । जुन कुरा आज उनले बिद्धुत प्राधिकरणको महाप्रबन्धक भएको १ महिनामै प्रमाणित गरिदिएका छन् । सलाम Kulman Ghising सर!

यो पनि पढ्नुहोस् :

२० वर्षीया युवकको प्रेममा परेकी ३ सन्तानकी यि आमाले एउटै डोरीमा पासो लगाई प्रेमीकै अंगोलोमा त्यागीन् प्राण, तस्विर बन्यो भाइरल
उदयपुर । भारतमा ३ सन्तानकी आमा र २० वर्षीया युवकबीच प्रेम बढ्दै गएपछि उनीहरुले एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेका छन्।

खबर अनुसार उनीहरुको प्रेमले चर्चा पाउन थालेपछि एउटै डोरीमा झुण्डिएर हात्महत्या गरेको बताइएको छ ।

भारतको झाडोलस्थित उदयपुरको यो जोडी लामो समयदेखी प्रेममा रहेको र उनीहरुको प्रेमले गाउँमा चर्चा पाउन थालेपछि उनीहरुले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।
तर उनीहरुको साथबाट कुनै सुसाइड नोट फेला नपारेको बताइएको छ । प्रहरीले उनीहरुका परिवारसँग सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ।

यो पनि पढ्नुहोस् :

धेरै खुल्लापन हुनुपनि सम्बन्धको लागि हानिकारक हुनेगर्छ । ज्यादा खुल्लापनले पनि पार्टनरसँग झगडाको वातावरण धेरै बन्ने गर्छ ।

झगडा पर्दा यी ५ कुरामा अत्यन्त ध्यान दिनुपर्छ ।

१. आफ्नो पार्टनरसँग कुराकानीलाई महत्वका साथ लिने गर्नुहोस् । आफ्नो पार्टनरको कुरा बुझ्ने प्रयास गुर्नहोस् । यदी पार्टनरको कुरा मन नपरेमा होश नगुमाउनुहोस्, धैर्य गर्नुहोस् । स्थितिसँग भाग्ने काम नगर्नुहोस् । यस्तो अवस्थामा जथाभावी बोल्नाले सधैभरिलाई खराब सम्बन्ध बन्ने गर्छ ।

२. रिसाउनु एक ठाउँमा उचित हो तर रिसको अवस्थामा केही नराम्रो कदम नउठाएकै राम्रो । अपशब्द प्रयोग गर्नबाट परै रहनुहोस् ।

३. जिम्मेदारीलाई लिएर झगडा गर्नुभन्दा दुवैजनाले कामको बाडँफाडँ गर्नु उचित हुन्छ । पुराना दिनहरुलाई सम्झेर एकअर्कालाई दोषारोपण गुर्न गलत हुनेछ ।

४. घरका अन्य परिवार सदस्यलाई झगडामा तान्नु ठुलो गल्ती हुन्छ । एक–अर्काको परिवारलाई लिएर तुलना गर्ने काम बन्द गर्नुपर्छ ।

५. कुनै कुरालाई इग्नोर गर्ने बानी पनि राख्नुपर्छ । सानो सानो कुरामा प्रतिक्रिया दिनु पनि कहिलेकाही उचित हुँदैन ।

यो पनि पढ्नुहोस् :

सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको छायाँकन दुई वटा गीत बाँकी राखेर सकाइएको छ । दरबारमार्गको एक क्लबमा गरिएको ’कान्छा दाई गाना बजाइ देऊ न’ बोलको गीतमा एलिजा गौतम र कार्टुञ्ज क्रुजका सरोज अधिकारी फिचरिङ छन् ।

ताराप्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा तारा र ममता गुरुङको स्वर छ । भिडियाको कोरियोग्राफी बिक्रम स्वारले गरेका छन् । भिडियो चाँडै नै सार्वजनिक गर्ने निर्देशक सत्यराज चौलागाईंले बताए । ‘अनुराग’ मा एलिजाको अपोजिटमा नव नायक समुन्द्र पण्डित प्रस्तुत भएका छन् ।

एरिका फिल्म्सको ब्यानरमा बनेको अनुराग सांगीतक प्रेम कथा बोकेको फिल्म हो । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन छ ।-फ्रीनेपालीन्युजबाट |