Tuesday, October 16

अशोक दर्जीको घर कुनै भिआइपीको भन्दा कम छैन ! कोठमा ४३ इन्चको टिभी सेट मात्र होइन होम थिएटर देखि यस्ता महङ्गा समान छन्…

यूट्युब ट्रेन्डिङमा परिरहने बालगायक अशोक दर्जी दमकको नयाँ घरमा सरेपछि थप चर्चामा आएका छन् ।

टहरोमा बस्दै आएको दर्जीको परिवारलाई हास्य अभिनेता हरिवंश आचार्यले नयाँ घरको साँचो हस्तान्तरण गरेका थिए । दर्जीको घर मात्र नयाँ छैन, घरभित्रका सम्पूर्ण फर्निचर नयाँ थिए ।

बैठक कोठमा ४३ इन्चको टिभी सेट मात्र होइन होम थिएटर नै छ । सोफा, दराज, टि–टेबल, पलङ, डाइनिङ टेबल, फ्रिज, राइस कुकुरदेखि ग्यास चुलोसम्म नयाँ छन् ।

चार कोठाको उक्त घर निर्माण तथा फर्निचर खरिदमा २ लाख रुपैयाँ खर्च भएको संगीतकार टंक बुढाथोकीले बताएका छन् । संगीतकार बुढाथोकी तथा डिजे रुपकको प्रयासमा उक्त घर निर्माण भएको हो ।

 

Similiar Post