Thursday, April 9

चीनबाट आयो सारा नेपालीका लागि यस्तो खुशीको खवर।

काठमाडौं । नेपाल जलस्रोतमा विश्वकैं दोस्रो धनि देश हो । नेपालमा जलविद्युतको राम्रो सम्भावना रहेको छ । नेपालको विद्युत भारत चीन लगायतका देशहरुमा निर्यात गर्न सकिने देखिएको छ । नेपालमा माग अनुसारको उत्पादन नहुँदा समस्या हुने गरेको छ ।

यसैबीच चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ ।

चीनको बेजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत् नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् ।

बैठकमा चिनियाँ पक्षले नेपालको विद्युत् उत्पादनको प्रक्षेपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुनसक्ने अवस्थाबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।