अस्ट्रियामा ट्वाइ’लेट गएका एक व्यक्तिलाई गुप्तां’गमा स’र्पले टोकि;दिएको छ ।
सोमबार बिहान आफ्नो घरको शौचा’लयमा गएका उनलाई १.६ मिटर लामो स’र्पले टो’केको हो । त्यो पायथन सर्प उनका छिमेकीले पालेका थिए । सर्प छिमेकीको अपार्टमेन्टबाट भागेर ढ’लको बाटो हुँदै शौचा’लयमा पुगेको अनु’मान गरिएको छ ।
सर्पलाई समातेर उसका मालिकलाई दिइएको छ । ६५ वर्षका पीडि’तले बिहान ६ बजेतिर अस्ट्रियाको गर्ज सहरमा आफ्नो घरको शौचा’लयमा बस्ने बित्तिकै आफ्नो गुप्तांगमा केही चीजले घो’चेको महसुस गरेका थिए । त्यसपछि उनले उठेर हेर्दा त्यहाँ पायथन स’र्प देखेका थिए । स्टिरिया प्रान्तको पुलि’सले जारी गरेको वक्तव्यका अनुसार त्यो स’र्प भा’गेको उसका मालिकले ख्याल गरेका थिएनन् ।
अहिले नै सर्प २४ वर्षीय छिमेकीको घरबाट कसरी भा’ग्यो र कसरी ट्वाइलेट’सम्म पुग्यो भन्ने स्पष्ट नभए पनि पु’लिसले सर्प ढलको बाटो आएको हुन सक्ने अनु’मान गरेको छ । स’र्प देखिएपछि त्यसलाई समात्न एक सरिसृप विशेषज्ञलाई बोलाइएको थियो ।
पुलिसका अनुसार छिमेकी युवकले वि’षालु नभएका ११ वटा पायथन सर्प पालेका छन् । उनीमाथि अरुलाई शा’रीरिक क्षति पुग्ने कारक बनेको अभि’योगमा अनु’सन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्