Friday, October 30

मलेसियामा ३० हजार रिंगिटसहित गाडियो शव (पुरा बिबरण हेर्नुहोस)

एक व्यक्तिले आफ्ना बाबुको शवलाई ३० हजार रिंगिट(नेरु करिव ७ लाख ८० हजार) सहित गाडेका छन् । मलेसियाको दक्षिणी सेलेङ्गर राज्यको यो घटना अहिले मलेसियामा सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तस्वीरमा ति व्यक्तिले आफ्ना बाबुको शव राखिएको कफिन(बाकस) मा ५० रिंगिटका ६ सय वटा नोट सहित गाडेको देखिन्छ । चाइना प्रेसका अनुसार यो घटना गत जनवरी १६ तारिखको हो । तस्वीरमा नोट र फूल सहित सो बाकस गाडीको देखिएको समाचारमा जनाइएको छ । चिहान खनेर रकम निकाल्ने आशंकामा सो शव गाडीको ठाउँको यकिन स्थान उल्लेख नगरिएको समाचारमा उल्लेख छ ।