Monday, October 2

कस्ले भन्यो रवी नेपाली नागरीक होइन भनेर ? मेयर हर्क साम्पाङ्ग

2023-01-27 114

काठमाडौं । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् ।

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए ।

उदास मुद्रामा देखिएका लामिछानेले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको प्रष्ट पारे ।

उनले भने, ‘म अहिले कुनै पनि हैसियतमा छैन । अनागरिक भएको छु । अहिले थप प्रश्न नसोध्नुस् । यतिबेला मेरो कुनै परिचय छैन । परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ?’

यो समाचार बाहिरीयसँगै धेरैले आफ्नो पतिक्रिया सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् यसैबिच धरानका मैयर हर्क राज राईले पनि आफ्नो धारणा यसरी व्यक्त गरेका छनः
“कस्ले भन्यो रवी नेपाली नागरीक होइन भनेर ? He is Nepali Citizen.”

यो पनि हेर्नुस्… पुन: नागरिकता लिएर उप निर्वाचन लड्न पाउनेछन् रवि लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पुन नागरिकता लिएर उप–निर्वाचन लड्न पाउने भएका छन् ।

पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।

सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकता लिएर उप-निर्वाचन लड्न पाउने गृह मन्त्रालयका एक सहसचिवले नेपाल प्रेससँग बताए ।

उनका अनुसार प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपि जारी गरेर उनले नागरिकता लिन पाउनेछन् । त्यसै आधारमा उप–निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

निर्वाचन आयोगका एक निर्वाचन आयुक्तका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार अब निर्वाचन आयोगले उप–निर्वाचन गर्नुपर्नेछ । उप–निर्वाचनको मिति घोषणा भएपछि लामिछानेले नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि त्यसै आधारमा उम्मेदवारी दिएर उप–निर्वाचन लड्न उनलाई कुनै बाधा पर्नेछैन ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेका र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाउने बित्तिकै उनले पुन नागरिकता प्राप्तिको प्रक्रिया अघि बढ्नेछ ।

त्यसपछि उनले नागरिकताको प्रतिलिपि प्राप्त गर्नेछन् । निस्सा दर्ता गर्नासाथ उनले पुरानै अभिलेख अनुसार नागरिकताको प्रमाणपत्र पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक सहायक प्रमुख जिल्ला अधिकारीले नेपाल प्रेससँग बताए ।

प्रतिकृया दिनुहोस्