Saturday, March 25

गायक प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, जिल्ला अस्पतालबाट घाइतेलाई धरान बिपी कोइराला विज्ञान प्रतिष्ठानमा रिफर गरियो

2023-01-28 92

धनकुटा, १४ माघ (रासस) : धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ना जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।

अत्यधिक भीडका कारण दर्शकहरू घाइते भएको र घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घाइतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिनुभयो । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्