Saturday, March 25

आगोमा जलेकालाई बचाऊन जादा घाइते भएकी संगीताको निधन

2023-01-31 220

पोखरा — पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा आइतबार आत्मदाहको प्रयास भएको थियो । आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिला संगीता सापकोटाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

आगोमा जल्दै गरेका काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई स्थानीयले अस्पताल लगेका थिए । प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् । दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका हुन् ।

अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् । उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन । कृष्णबहादुरले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र जोगाउन जाँदा सापकोटासमेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका थिए ।

यो पनि…भिडबाट विष्णुमायाले १० महिने छोरीलाई त जोगाइन्, तर छोरा ग, म्भीर घा’इते

गायक खरेलले हिजोको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शनिबार साँझ करिब ८ बजेतिर धनकुटाको टुँडिखेलमा आयोजित धनकुटा महोत्सव सर्वसाधाणको भिड बाक्लो थियो । गायक प्रमोद खरेल आफ्नो प्रस्तुति दिने तयारी गर्दै थिए । खरेलको प्रस्तुति हेर्न आउनेको थामिनसक्नु भिडमा थिइन् धनकुटा नगरपालिका–५ कि विष्णुमाया लिम्बू राई ।

आफ्नो ७ वर्षे छोरा र १० महिने छोरीसहित महोत्सवमा आएकी उनीसँग परिवारका ८ जना सदस्य पनि थिए । घरबाट करिब साढे ७ बजे टुँडिखेल पुगेका उनीहरुले लाइनमा बसेर टिकट काटे । टुँडिखेलको प्रवेशद्वार पुगेलगत्तै पछाडिबाट हुलले धकेल्यो । ७ वर्षे छोरा साथबाट छुटे । १० महिने छोरीलाई च्यापिन् ।

भिडले थिचेपछि लडेकी उनले छोरीलाई हातले जोगाएर गुहार मागिन । भिडले उनलाई किच्यो । त्यही भिडमा रहेका कसैले उनको हातबाट छोरीलाई खोसे । ‘म लडेपछि छोरीलाई नटेकुन भनेर दुई हातले उचालेँ, धन्न कसले मेरो हातबाट खोसेर छोरीलाई स्टेजमा पुर्‍याइदिएछन्’ उनले भनिन्, ‘भिडमा छोरा छुटिहाल्यो, म होसमा आउँदा छोरालाई बेहोस देखेँ ।’

सात वर्षीय छोरा अभिहाङ लिम्बू रक्ताम्मे अवस्थामा भेटिएको अस्पताल पुगेपछि मात्रै होस आएको उनले बताइन् । ‘मलाई बाँच्छु जस्तो लागेको थिएन, भिडमा फसेपछि मेरो ज्यान गए जाओस छोरी बचाउँछु भनेर आँट गरे’ उनले भनिन्, ‘छोरीलाई धन्न केही भएन, अरुले जोगाइदिए ।’ विष्णुका आफन्तसहित ६ जना भागदौडमा किचिएर घाइते भएका छन् ।

घाइतेमध्ये उनका छोरा अभिहाङ लिम्बुको अवस्था गम्भीर छ । उनको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनकै देउरानी बुधमायासहित उनका ३ वर्षीय छोरा रोहन लिम्बु पनि घाइते छन् । रोहनको पनि गोल्डेन उपचार भइरहेको छ । बुधमायाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । विष्णुमायासहित अन्य सामान्य घाइते छन् । घाइते सबै खतरामुक्त छन् ।

महोत्सवमा अत्याधिक भिड बढेपछि आयोजकले एक्कासी प्रवेशद्वारको गेट खोलेको थियो । गेट खोलेपछि बाहिर रहेको भिडभित्र पस्न खोज्दा भागदौड मच्चिएको थियो । पछाडिबाट धकेलेपछि लडेकी विष्णुमायालाई भिडले खिचेको थियो ।

गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन्।शनिबार राति भएको घटनाका बारेमा जानकारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जानकारी दिएका हुन् ।

रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए । गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिङ्गो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटनगरमा उपचार भइरहेको छ । अनलाईन खबरबाट ।

प्रतिकृया दिनुहोस्