Sunday, April 18

बिहेपछी रमेश प्रसाईकी पत्नि नन्दा पहिलो पटक मिडि;यामा, पति रमेश र सासुको गरिन् यसरी तारिफ (भिडियो सहित)

2020-12-08 1713

काठमाडौँ । नेपालीहरु माझ लोकप्रिय रहेका रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग सोमबार हिन्दु परम्परा अनुसार लगनगाँठो कसेका हुन् ।

उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् ।

नेपाली परम्परा अनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश अहिले चर्चामा पछि छन् ।साथै उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भा’इरल भैरहेको छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।

तलको भिडियो हैर्नुहोस्…

प्रतिकृया दिनुहोस्