Wednesday, October 21

भारतले नेपाली भुमि मिचेको छैन भन्ने नापी विभागका कर्मचारीलाई यसरी नराम्रोसंग हकारिन नविना लामाले (भिडियो)

काठमाडौँ – पर्सा जिल्लाको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भुमि अतिक्रमणका विषयमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी )को सँयुक्त स्थलगत अध्यनको प्रतिबेदन सार्वजनिक गरीएको छ ।

बुधबार होटल हार्दिकमा सो प्रतिबेदन सार्जनिक गर्दै अनेरास्ववियु अध्यक्ष नविना लामा कडा रुपमा प्रस्तुत भएकी थिइन् । नापी बिभागका कर्मचारी तर्फ इंगीत गर्दै उनले भनिन राज्यको कर बाट तलब खाएर देशको दलाली गर्न लाज लाग्दैन ?

राष्ट्रियता कसैको पेवा होइन यस बिषयमा देउवा सरकार समेत गम्भीर बन्नुपर्ने उनको कथन थियो ।
हेर्नुहोस सो कार्यक्रममा उनले गरेको सम्बोधनको यो भिडियो