Saturday, March 25

मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई गरे यति ठुलो सहयोग

2023-02-09 111

चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् । टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो । सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृ,त्यु पुष्टि भएको छ ।

सङ्कटमा मधेसका एफएम रेडियो
जनकपुरधाम, २६ माघ ।विज्ञापन बजार र अन्य व्यवस्थापकीय समस्याका कारण मधेस प्रदेशमा सञ्चालिन एफएम रेडियो सङ्कटमा पर्दै गएका छन् । आमसञ्चार प्राधिकरण जनकपुरधामको तथ्याङ्कअनुसार हालसम्म १९ रेडियो बन्द अवस्थामा छन् ।

यही अवस्था रहे निकट भविष्यमा अन्य रेडियोले पनि सङ्कटको सामना गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले १९ रेडियो बन्द भइसकेको र करिब २५ प्रतिशत रेडियोले तलब खुवाउन नसक्ने अवस्थाका कारण दक्ष जनशक्ति भित्र्याउन नसक्दा समाचार तथा कार्यक्रम नै दिन नसकेको बताउनुभयो ।

“विज्ञापन बजार सीमित छ, स्थानीय सरकारले उपयुक्त कार्यविधि बनाउन नसक्दा समानुपातिक विज्ञापन वितरण गर्न सकेका छैनन्, यसले रेडियो बन्द हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “अब व्यावसायिक तथा सामुदायिक रेडियोको व्यवस्थापन र सृदृढीकरणका लागि रेडियो सञ्चालक एवं सरकारले ठोस योजना बनाउनुपर्छ, अन्यथा बन्द हुने रेडियोको सङ्ख्या अझै थपिने छ ।”

रेडियो व्यवस्थापक सन्तोष कर्णले बजारको अवस्था विश्लेषण नै नगरी राज्यले सानो ठाउँमा धेरै रेडियोको अनुमति दिने तर पछि कसरी सञ्चालन भइरहेका छन् भनेर नहेर्ने गरेकाले समस्या निम्तिरहेको बताउनुभयो । उहाँले सङ्घीयता आइसकेपछि प्रदेश सरकारले स्थानीय रेडियोलाई केही सहुलित दिने अपेक्षा गरेकामा उल्टै आफ्नै स्वामित्वमा रेडियो स्थापना गर्ने मनसाय राखेकामा दुःख व्यक्त गर्नुभयो ।

“स्थानीयस्तरमा व्यापार व्यवसाय सङ्कटमा छ, धेरै रेडियोको ध्वनि टकरावका कारण सुनिदैन । सीमावर्ती भारतीय बजारको विज्ञापन आउन छोडिसक्यो”, कर्ण बताउनुहुन्छ, “भएका रेडियो पनि धौधौ चलिरहेका छन्, यस्तै रह्यो भने धेरै रेडियो बन्द हुनेछन् ।”

व्यवस्थापक रुपेश सिंहले सरकारी निकायबाट विज्ञापन नआउने र स्थानीय व्यापार व्यवसाय पनि नचलेका कारण विगतमा आउने विज्ञापन बन्द भइरहेकाले यहाँका रेडियोले सङ्कटको सामना गर्नुपरेको बताउनुभयो । “मधेश सरकारको साथ पाएका छैनौँ”, उहाँले भन्नुभयो, “स्थानीय तह, प्रदेश सरकार र सरकारी निकायले उपयुक्त नीतिसहित हामीलाई सहयोग गर्नुपर्छ ।”

रेडियोकर्मी रामअशिष यादवले सानो ठाउँमा धेरै रेडियो हुँदा विज्ञापनकै लागि अस्वस्थ प्रतिस्पर्धा बढिरहेकाले सरकारी संयन्त्रले नै विज्ञापन दररेट निर्धारण गरिदिनुपर्ने बताउनुभयो । उहाँले स्तरीय समाचार र कार्यक्रम दिनसके रेडियोप्रतिको भरोसा कायमै रहने धारणा राख्नुभयो ।

प्रतिकृया दिनुहोस्