काठमाडौँ । नायिका श्वेता खड्काले मंसिर २२ गतेको लगनमा धुमधामले बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी श्वेताले अहिले आफ्नो विबाहपछि जीवन सुरु गरेकी छिन् ।
सिमित साथीभाई र आफन्त माझ धुमधामले विबाह गरेकी श्वेताले विबाह गरेर घरमा पुगेपछि विजयेन्द्रको परिवारसँग खुशी देखिएकी छिन् । हिन्दू परम्परा अनुसार बिबाह गरेर विजयेन्द्रको घरमा गएकी श्वेताका पति विजयन्द्र सिंह रावत घनगडीबासी हुन् ।
उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु रहेको श्वेताले ओएस नेपालसँगको कुराकानीमा जानकारी गराइन् ।
व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेता विगत केही समयदेखि रिलेसनसिपमा थिए । पढाई सकेर विज्नेश सुरु गर्ने योजनामा रहेका विजयेन्द्रको घरमा श्वेता पुगेपछि देखिएको यो रमाइलो र खुशीको माहोल भिडियोमा हेर्नुहोस्
प्रतिकृया दिनुहोस्