Saturday, March 25

डोजर अगाडी नाचेर टिक-टकमा भा’इरल १६ बर्षिय सुप्रभा अधिकारीको घरमा पुग्दा यस्तो देखियो (भिडियो सहित)

2023-02-23 415

बनेपा । टिकटकप्रति प्रयोगकर्ताको आकर्षण दिनप्रति बढ्दो छ । छोटो भिडिओ शेयर गर्ने प्लेटफर्मका रूपमा परिचित टिकटक सन् २०२३ सम्ममा धेरै डाउनलोड हुने मोबाइल एपसमेत हो । यतिमात्रै होइन गुगल र फेसबुकलाई पछि पार्दै धेरै हेरिने वेबसाइटमा समेत टिकटक उक्लिन सफल भएको छ ।

विशेषगरी कोभिड महामारी सुरु भएपछि टिकटक क्रेज ह्वात्तै बढेको हो । केही देशमा यो एप प्रतिबन्धित छ । तैपनि विश्वभरकै लोकप्रिय एपको सूचीमा टिकटक आफूलाई उभ्याउन सफल भएको छ । याे एपमा प्रायः सबै उमेरका प्रयोगकर्ताको उपस्थिति देख्न सकिन्छ ।

टिकटकमा भाइरल हुनु सामान्य कुरा जस्तो नै भइसक्यो । कहिलेकाहिँ केही राम्रा भिडिओहरू भाइरल भइरहेका हुन्छन् भने कहिलेकाहिँ केही सामग्री नै नभएको भिडिओ पनि भाइरल भइरहेका हुन्छन् । टिकटकको बारेमा सबैभन्दा राम्रो कुरा भनेको नै कुनै पनि भिडिओ भाइरल हुनसक्छ ।

अधिकांश किशोर-किशोरीहरूले रमाइलो नृत्यका भिडिओहरू खोज्दा, अन्य अधिकांश मानिसहरूले सबै प्रकारका सामग्रीहरू हेर्न पनि टिकटक प्रयोग गरिरहेका हुन्छन् । पछिल्लो समय टिकटक र सामाजिक सन्जालको क्रेज एकदम बढदो दु्रत गतिमा बढिरहेको देखिन्छ या भनौ जो कोहीले पनि अहिले टिकटक चलाउदिन भन्यो भने मानिसहरु अचम्म परेर हेर्छन भन्दा फरक नपर्ला ।

कसैले यसको सही सदुपयोग गरेर करियर समेत बनाएका छन भने कसैले यसको दुरुपयोग गरेर छाडा भिडीयो बनाउने पनि गरेका छन तर आज हामी बनेपाकी एउटा यस्ता युवतीको बारेमा कुरा गर्दैछौ जस्को उमेर अहिले जम्मा १६ बर्ष पुगेको छ तर उनको डान्सले भने नेपाल हल्लाएको छ ।

दिदीहरुबाट प्रेरित भएर टिकटक बनाउन थालेकी यि हुन सुप्रभा अधिकारी जो अहिले टिकटकमा सर्बत्र भाइरल छिन । उनको आफनो भिडियोमा डान्समा उनले देखाउने इनर्जीले गर्दा सबै माझ चिनिएकी छिन र रुचाईरहेका पनि छन उनलाई । हेरौ उनको चकित पार्ने कला ।

भिडियो हेर्नुहोस्…

यो पनि.. टिक-टकमा श्रीमतीलाई पछ्याउदै नाँच्न खोज्थे श्रीमान, तर अहिले श्रीमानको छेउमै प्रा’ र्थना गर्दै बसिरहन्छिन् सिर्जना

सिर्जना सुवेदी नामको टिकटकबाट भिडियोहरु पोष्ट गरिन्थे । भाइरल भएका भिडियोमा एक नेपाली जोडीको नृत्य देख्न सकिन्छ । नाँचीरहेकी श्रीमतीलाई पछ्याउँदै श्रीमान बल गरेर नाँच्न खोज्छन् ।

श्रीमतीका हाउभाउ कपी गर्न खोज्दा उनको नाँच रमाइलो देखिन्छ । नजानेर पनि श्रीमतीलाई दिएको साथ र गरेको रमाइलो धेरैलाई मनपर्छ । टिकटक हेरेर मजा लिने र हाँस्ने बाहेक कैयौंले कमेण्ट पनि गर्छन्, “कति राम्रो जोडी, कसैको आँखा नलागोस् ।”तर यो जोडिमाथि आँखा लागेको छ ।

सिर्जना सुवेदी र विवेक पंगेनीमाथि यतिबेला बज्रपात परेको छ । टिकटकमा दुनियाँ हसाएका यी दुई अहिले आफै आँसुको तालमा डुबेका छन् ।सोमबार सिर्जनाले एक फेसबुक पोष्ट गरिन् । २० घण्टा अघि सिर्जनाले विवेकको जीवन बचाउन भन्दै सहयोगको अपिल गरेको उक्त स्टाटस अहिले भाइरल भइरहेको छ ।

अहिले धेरै नेपालीहरूले याे पाेष्ट शेयर गर्दै आर्थिक सहयाेग मागिरहेका छन् ।बर्दिया घर भएका ३० वर्षिय विवेक यतिबेला अमेरिकाको एक अस्पतालको बेडमा पल्टिरेहका छन् । र उनको लामो आयु तथा स्वास्थ्यलाभको प्रार्थना गर्दै श्रीमानको छेवैमा बसिरहेकी छिन् सिर्जना ।

मिठो सपना बुनेर अमेरिकाको यात्रा तय गरेका यी जोडी अहिले भविष्य बनाउँदै होइन, भविष्यको लागि आयु लम्बाउन भगवानसँग गुहार मागिरहेका छन् । ६ महिना अघि मात्र फिजिक्समा पिएचडि गर्न अमेरिका गएका विवेकलाई ब्रेन ट्युमर भएको छ ।एक महिनाअघि पार्किन्सनका कारण आमाकाे निधन भएपछि विवेक र सिर्जना नेपाल आएका थिए ।

साे समयमा नै विवेक बेला बेला बेहाेस भइरहेका थिए । सञ्चाे नभएपछि आमाकाे किरिया सकेर उनीहरूले काठमाडाैंकाे अस्पतालमा परिक्षण गराएका थिए । जसबाट बिबेकलाई ब्रेन ट्युमर भएकाे देखिएकाे थियाे । “अहिले डाक्टरले रिपोर्ट हातमा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ ।

आमा गुमाएको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेजको ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्नेले मात्र बुझ्छ,” सिर्जनाले पिडा पाेखेकी छिन् । “आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्कालाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ !, सिर्जना त्याे पल सम्झिन्छिन् ।

“नेपालमा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटिसकेको थियो केही सोच्न सक्ने अवस्थामा थिएनौं । रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो, चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँमा उपचार गर्नु पर्छ भन्ने लाग्यो,” उनले लेखेकी छिन् ।

सुविधासम्पन्न स्थानमा उपचार गराउन सके ज्यान बच्थ्याे कि भन्ने आशा लिएर अमेरिकाकाे अस्पताल पुगे । र आकस्मिक सेवामा बिबेककाे उपचार सुरू गरियाे । अमेरिकाका चिकित्सकले शल्यक्रिया गरेपनि आधा ट्युमर मात्र निकालिएको सिर्जनाले उक्त पाेष्टमा लेखेकी छिन् । यतिबेला ट्युमरको बायोप्सी गर्न पठाइएको र निको हुने आशामा सिर्जना र परिवार छ ।

सिर्जनाले सहयाेगकालागि गरेकाे याचना गरेकी छिन् । भन्छिन- ”आजसम्म कैयौं पटक रोइयो होला लाखौँ पटक दुःख देखियो भोगियो, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए आज थाहा भो हो रहेछ। आफ्नो पिडा आफैसंग राख्नु पर्छ अरू सामु देखाउनु कमजोर हुनु हो सोच्ने गर्थे,

कैयौं दुख पार गरियो हाँस्दै नाच्दै, भगवान संग कहिले गुनासो गरिन मैंले तर अब सोध्नु छ कि किन हामी? एक माथी अर्को पिडा किन हामीलाई ? कहिले काहीँ पिडा शब्दमा लेखेर न सकिने रहेछ । आफुलाई पिडा मिल्नु भन्दा बढी भयानक आफूले माया गरेको मान्छे लाई पिडा मा देख्नु हुने रहेछ ।

सात जुनीसंगै काट्ने सपना देखेको मान्छे मेरो, मेरो लागी दुनिया संग लड्ने मान्छे अहिले आफ्नो जीवन को लागी लडिरहेको देखेको छु मैंले । सवैको भलो सोच्ने सवैको दुःखमा रूने मान्छे आज लाचार देखेको छु । पछिल्लो ८ वर्ष मा हामिले एक अर्कालाई गरिएका वाचा, संगै देखेका हजारौं सपना आँखा अगाडी आइपुग्छन्,

किन उसलाई यो सब भयो मलाई भाको भए म सहन सक्ने थिए बरु! सुनाउनु हुन्थ्यो आफुले सानै देखि भोगेका दुःख का कुराहरू आफ्ना हारका कुराहरू, एक दिन सुख पनी आउला नि भन्दै आफूले सकेको कोशिश गर्दा गर्दा कती पटक लड्नु भो उठ्नु भो,तर सपना देख्न छोड्नु भएन जिवन मा ठुला सपना थिएन उहाँको।

दिन रात न भनि मेहेनत गरेर लामो समय पछि उच्च शिक्षा अध्यनकालागी USA आउने मौका मिलेको थियो उहाँलाई । ६ महिना अघि मात्र अध्यन क्रम मा यहाँ आएका थियौं । दुःख त गरुला तर अव त हाम्रो पनि सुख का दिन आउलान् नि भनेर एकअर्का को साहस बनेर अघी बढी रहेका थियौं ।

एक महिना अघि मात्र घर बाट खबर आयो उहाँको आमा रहनु भएन भनेर! एउटा सन्तानले आमा गुमाउनु पिडा के हो त्यो गुमाउनेले जति हामिले बुझ्न सक्दैनौं । छिन्मा होस् छिन्मा विहोस् हुने भाको थियो उहाँको । कसरी कसरी रुँदै कराउँदै नेपाल पुगियो । एक महिना को बसाई पछि आमाको सबै काम कृया सकेर हामी यता फर्किन लागेका थियौं,

अली बिसन्चो भाकोले उहाँलाई काठमाडौं चेकअप गर्न लगियो । अहीले Dr. ले रिपोर्ट हात मा लिएर त्यो खबर सुनाको पल याद गर्दा मुटु निस्केला झैँ हुन्छ ।आमा गुमाको एक महिना न पुग्दै आफूलाई तेस्रो स्टेज को ब्रेन ट्युमर भाको खबर सुन्दा के बित्छ त्यो पर्ने ले मात्र बुझ्छ ।

आँखा अगाडि हामी दुवैको अँध्यारो भयो, एकअर्का लाई हेरेर रोई रहेंउ, रुँदा रुँदा आँसु सुक्छ रे भनेको सुनेको थिए मैले आफूलाई परेपछि था भयो हो रहेछ ।नेपाल मा रिपोर्ट आको भोलि पल्टको फ्लाईट थियो, हिम्मत टुटी सकेको थियो केइ सोच्न सक्ने अवस्थामा थिएनौं,रात भरी रोएर अब हामी रोएर हुँदैन रोगसंग लड्नु पर्छ जस्तो लाग्यो, हामी टुट्नु हुँदैन भन्ने लाग्यो,

चाहे जे होला जस्तो सुकै परिस्थीती आओस् सामना गरुला अब राम्रो ठाउँ मा उपचार गर्नु पर्छ भन्ने लाग्यो, जुन हालत मा नेपाल पुगेका थियौं त्यो भन्दा नाजुक हालत मा यहाँ आइयो, आउना साथ emergency मा लगियो । MRI बाट थाहा भो tumor को आधी मात्र निकाल्न मिल्ने ठाउँमा रहेछ आधी न मिल्ने !

भोली पल्टै सिरियस केस भनेर अपरेसन भयो, अपरेसन थिएटर लानु अघी ‘म सकुसल निस्के भने नेपाल जाँदा रारा घुम्न जामला है !’भन्नु भो, मैंले ‘हुन्छ, हिम्मत न हार्नु सारा संसार देख्न बाकी छ’, भने। करिब २ घण्टा पछि operation सकियो, म भित्र जाँदा मेरो विवेकलाई जुन हालतमा चिचाई रहेको देखें,

त्यो म अहिले भन्न सक्दिन । biopsy को लागी पठाको छ, हर मिनेट हर सेकेण्ड तर्सिन्छौ हामी ! भगवानले सुन्नु भयो होला नि है अव त हाम्रो पुकार ? 😞 आज सम्म कसैसँग सहयोग मागेको छैन तर आज म हजुरहरुसंग हात जोडेर सहयोग माग्छु 🙏।

हजुरहरुले जे सक्नु हुन्छ जति सक्नु हुन्छ उहाँलाई बचाउनका निम्ति सहयोग गरिदिनु होला 🙏🙏। प्रार्थना गरिदिनु होला ।🙏🙏विदेश रहनु हुनेले सहयोगको लागि gofund link हेरिदिनु होला https://gofund.me/01ac15ed नेपालमा रहनुहुनेले सहयोगको लागी

eSewa Id: 9822577706 | swaraj shahi thakuri Khalti I’d : 9848046213 | yubraj subedi Bank: Machhapuchchhre Bank A/C holder name: Yubraj Subedi A/C number: 0540092366700011 Branch: Salyan Donate “

प्रतिकृया दिनुहोस्