Saturday, October 31

जाँदाजाँदै देउवा सरकारको नेपाली जनताका हितमा अर्को ठुलो लोकप्रिय निर्णय….

काठमाडौं, माघ १०ः सरकारले भूकम्प पीडित र बाढी पीडितलाई थप १ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडित र बाढीपीडितलाई थप एक लाख दिने निर्णय गरेको हो । यस्तै बैठकले ६५ बर्ष उमेर पुगेका सबैलाई बृद्धभत्ता दिने पनि निर्णय गरेको छ ।

यसअघि ७० वर्षको उमेरमा मात्र बृद्ध भत्ता पाइथ्यो । यस्तै आजको मन्त्रिपरिषद बैठकले महिला, दलित र विपन्न वर्गका लागि एक करोड पूँजी भएको फर्मको दर्ता निःशुल्क बनाएको छ ।

 

यसअघि दर्ता गर्न २५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो । यस्तै आजको बैठकले सात वटै प्रदेशमा मुख्य सचिव तोक्ने तयारी गरेपनि व्यक्तिका विषयमा सहमति नहुँदा निर्णय गर्न सकेन् ।  digitaldainik.com

यो पनि पद्नुहोस

रााष्ट्रिय सभा निर्वाचनको लागि फोरम नेपालको मनोनयन दर्ता, को–को भए उम्मेदवार ?

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्ना उम्मेदबारको मनोनयन दर्ता गराएको छ ।

माघ २४ गते हुने निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धनुषामा रहेको प्रदेश नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोगले तोके बमोजिम मनोनयन दर्ता गराएको हो ।

फोरम नेपालको तर्फबाट सर्लाहीका रामप्रीत पासवान र सप्तरीका प्रमिला यादवले राष्ट्रिय सभा सदस्यको पदमा मनोनयन दर्ता गराएका छन् । पासवान र यादव फोरम नेपाल, राजपा र नेपाली कांग्रेसको साझा उम्मेदबार हुन् ।

फोरम नेपाल, राजपा र कांग्रेसले संयुक्त गठबन्धन बनाएर प्रदेश नं. २ को निर्वाचनमा होमिएका छन् । त्रिदलीय सहमति अनुसार यी तीनवटै दलले दुई दुई सीट पाएका छन् ।

फोरम नेपालको भागमा दलित र महिलाको कोटा परेको थियो, जसअनुसार पार्टीको पदाधिकारी बैठकले मंगलबार दलित कोटाबाट पासवान र महिला कोटाबाट यादवलाई उम्मेदबार चयन गरेको छ ।

समाचार स्रोत:- फ्रीनेपालीन्युजबाट |