Tuesday, October 16

सारा नेपालीको ढुकढुकि राष्ट्रप्रेमी पत्रकार रबि लामिछाने कोरिया जादै । हेर्नूहोस यस्तो छ तयारी

बिमल दोङ्ग तामाङ (दक्षिण कोरिया) पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने भएका छन् । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् ।

कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमण बारे आफ्नो फेसबुक मार्फत भिडियो समेत सार्वजनिक गर्दैलामिछानेले फेसबुकमा लेखेका छन् “जापान र कोरियामा रहनुहुने दाजुभाई दिदी बहिनिहरु सँग भेट्घाट गर्न र कार्यक्रम समेत तयार गर्न हामी यही सेप्टेम्बेर २१ देखी २८ सम्म जापान र कोरियाका बिभिन्न शहरहरुमा आउँदैछौँ।

अभियन्ता श्रेष्ठका अनुसार सेप्टेम्बर २४ तारिखमा काभ्रे सम्पर्क समिती तथा धादिङ समाजद्वारा आयोजित रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाकामा बिशिष्ट अतिथिको रुपमा सहभागी जनाउनु हुनेछ । साथै उक्त कार्यक्रममा प्रेरणादायी प्रस्तुति (motivational speech) दिने र भ्रमणको उदेश्य बारेमा जानकारी दिने जनाइएको छ ।

त्यस्तै सेप्टेम्बर २५ तारिखका दिन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट(समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउने छ ।

कार्यक्रममा बिशेष गरि नेपालीहरुमा कामको तानबले हुने डिप्रेसन, नेपाली नेपाली बिच नै हुने दुर्बयबहार, वैमनस्यता, संघसंस्थाको नाममा अनिमियता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरुको विविध समस्याको बारेमा छलफल हुनेछ । साथै प्रवाशमा बसेर पनि समृद्ध नेपालका लागी के कस्ता रचनात्मक कार्यहरु गर्न सकिन्छ, भ्रष्टाचार र अनिमियता निर्मुल पार्नको निम्ति सचेत नागरिकको दायित्व र भुमिका के हो त भन्ने जस्ता समसामयिक बिषयमा अन्तरक्रिया हुने जनाइएको छ ।

त्यसैले उक्त दिन दक्षिण कोरियामा रहेका बुद्धिजीवी, विद्यार्थी, पत्रकार, ब्यापारी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायत सम्पुर्ण नेपालीहरुलाई देशको सच्चा र इमान्दार पत्रकार रवि लामिछानेसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो समस्या वा विचार प्रस्तुत गर्ने मौकालाई सदुपयोग गर्न अनुरोध गर्दै अभियन्ता श्रेष्ठले भने “कोरियामा यो एउटा उत्कृष्ट प्रभावकारी कार्यक्रम र अभियान बनोस् । सबैको साथ, सहयोग र सहकार्यको आवस्यकता छ । यो हामी सबै राष्ट्र प्रेमि नेपालीहरुको साझा अभियान हो । सबै मिलेर सफल बनाऔं।”

२५ तारिखकै दिन सिधा कुरा जनता संगको कार्यक्रमको लागि नेपाली समुदायको गुनासो र समस्या सम्बन्धी रिपोर्ट तयार गरिने भएकोले प्रवासमा रहेर हामीले बोकेका समस्याहरू र देशको वर्तमान जल्दाबल्दा समस्याहरु र त्यसको समाधान बारे आफ्नो विचार नेपालकै उत्कृष्ट र प्रभावकारी कार्यक्रम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने सुनौलो अवसरको रुपमा हामीले सदुपयोग गर्नुपर्ने भनाइ स्वतन्त्र राष्ट्रप्रेमि नेपाली एकता अभियानका अभियन्ता रामदत्त जोशी(नेपालको राम)को रहेको छ । “प्रवासमा हामी कहिले कामको तनाव कहिले साथीभाइसँग त कहिले घर परिवारसँगको तनावमा रहेका हुन्छौं । यस्तो वेलामा रवी लामिछानेको एक शब्दले पनि हामीलाई धेरै उर्जा दिन सक्छ । त्यसैले यस्तो मौका कसैले घुमाउन चाहदैनन् भन्ने मलाई लाग्छ ।” नेपालको रामले थपे ।

त्यस्तै २६ तारिखका दिन किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छ । २५ र २६ तारिखको दुबै कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने जनाएको छ ।

पत्रकार रबि लामिछाने पछिल्लो समय सर्वसाधारणको समस्या देखी राष्ट्रिय स्तरका ठूला ठूला समस्याको बिषयमा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण मात्र नगरी त्यसको समाधानको पहल समेत गर्दै आएको एक निडर पत्रकारको रुपमा स्थापित भइसकेको ब्यक्तित्व हुनुहुन्छ ।

स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट ग्रुपको पहलमा दक्षिण कोरिया आउन लागेको रबि लामिछानेको कोरिया कार्यक्रमको सम्पुर्ण प्रायोजन तथा समन्वय इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ भने सउल र किम्हेमा हुने बृहत अन्तरक्रिया तथा मोटिभेस्नल कार्यक्रमको ब्यबस्थापन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान, किम्हे माइग्रेन्ट हाउस र रबि लामिछाने सपोर्ट ग्रुपले गर्ने भएको छ । (ताजाखबर)

Similiar Post