काठमाडौं । एक वर्षको जेलजीवन बिताएर हालै रिहा भएका पल शाह अहिले घरमै आराम गरिरहेका छन् । उनी अझै एक हप्ता आराममा बस्ने जनाईएको छ । एकसाताको आराम पछिमात्रै उनी नियमित काममा फर्कने जनाईएको छ ।
सोमबार थुनामुक्त भएका अभिनेता तथा मोडल पल शाहले जेललाई ‘महाविश्वविद्यालय’को संज्ञा दिएका थिए । सफाइ दिएपछि मंगलबार काठमाडौंस्थित घर प्रवेश गर्ने क्रममा उनले महाविश्वविद्यालयमा आफूले कोर्ष गरेर फर्किएको बताएका हुन् । सञ्चारकर्मीसँगको कुराकानीको क्रममा उनले महाविश्वविद्यालय’मा रहेका र त्यहा रहदा धेरै ज्ञान प्रप्त भएको बताएका छन् ।
दमौली कारागारका आन्तरिक र बाह्य प्रशासनका सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ।’ शाहले कारागारको चौकीदारदेखि आफ्नो रिहाइको प्रार्थना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । उनी काठमाडौं फर्किनसाथ म्यूजिक भिडियो तथा फिल्मको अफर गर्न हानाथाप सुरु भएको बताइएको छ ।
शाह गत बुधबार मात्रै काठमाडौँ आइपुगेका हुन् । पललाई लिएर म्युजिक भिडिओ छायांकनको लागि निर्माताहरु सक्रिय भएका छन् । उनी पनि म्युजिक भिडिओमार्फत नै काममा फर्कन चाहन्छन् । तत्काल म्यूजिक भिडियोबाटै कामको सुरुवात गर्ने योजनामा रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्