Saturday, March 25

महान सासुससुरा आफ्नै बुहारीको कन्यादान गरिदिएका मिडियामा भाबुक, भन्छन- बुहारीलाई एक्लो महसुस नहोस भनेर विहे गरिदियौ (भिडियो सहित)

2023-03-12 147

दाङमा श्रेष्ठ दम्पतीले ५ वर्ष अगाडि आफ्नो छोराको मृत्यु भएपछि बुहारीलाई छोरीको रुपमा लिदै आएका दाङको तुलसीपुरमा एक दम्पतीले आफ्नी एकल बुहारी आरती श्रेष्ठको बर्दघाटका चन्दनध्वज केसीसगं विवाह गरिदिएका छन्।

छोरा छोरा सुविन श्रेष्ठकोको मृत्युपछि एकल बनेकी बुहारीलाई ‘स्टाफ नर्स’ को पढाई पूरा गराइदिएर सासू–ससुराले नै बुहारीको कन्यादान गरिदिएका हुन् । छोरीलाई जस्तै घरैबाट विवाह गरेर अन्माएका हुन्।

छोरा सुविन श्रेष्ठको ६ वर्षअघि ३३ वर्षको उमेरमा निधन भएको थियो। भर्खरै विवाह गरेर पराइ घर पुगेकी आरती त्यतिबेला २३ वर्षकी थिइन्। कलिलो उमेरमै पति वियोगमा परेकी आरती विगत ६ वर्षदेखि सासू–ससुरासँगै बस्दै आएकी थिइन्।

छोराको मृत्युपछि एकल बनेकी बुहारीलाई छोरीको रूपमा स्वीकारेर आफ्नै घरबाट अन्माएपछि समाजमा अहिले श्रेष्ठ दम्पतिको प्रशंसा हुन थालेको छ। ‘आरति हाम्री बुहारी होइनन्, छोरी जस्तै थिइन्,’ बुहारीको कन्यादनपछि शिव श्रेष्ठले भने, ‘उनको उज्वल भविष्यको लागि हामीले उनको पुनः विवाह गरिदिएका हौँ।

दुलाहा चन्दनध्वज भन्छन्, “अन्तरजातीय तथा एकल नारीसंग बिहे भएको हुनाले धेरै चुनौतीहरु थिए तर माया त माया हो, माया जस्तो चोखो केहि हुँदैन। हामीले त अब जातभात, विगत, केहि नहेरेर हाम्रो बुझाइलाई स्वच्छ नाताको बन्धनमा परिणत गरेको छौं। समाजले यो कुरा सकारात्मक रुपमा लिनुपर्छ र चोखो माया गर्नुपर्छ।”

आरतीको भविष्य सुन्दर होस् भन्ने हाम्रो कामना छ।’ ‘हाम्रो छोरा भने पनि बुहारी, छोरी जे भने पनि उनी (आरती) नै हुन्,’ ‘एकातिर मलाई धेरै खुसी लागेको छ, अर्कातिर यति प्यारी छोरीलाई बिदाइ गर्दा आफूलाई सम्हाल्न गाह्रो पनि भएको छ।’

भिडियो हेर्न यहाँ जानुहोस ।

प्रतिकृया दिनुहोस्