Saturday, March 25

नगरबसले स्कुटरलाई ठक्कर दिदाँ २४ वर्षकी दिक्षाको मृ,त्यु

2023-03-17 313

पोखरा – पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । पोखराको चिप्लेढुङ्गामा नगरबसले स्कुटरलाई ठक्कर दिदाँ एक युवतीको मृत्यु भएको हो ।

शुक्रबार बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा जिल्ला दमक ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका ४ पस्र्याङ बस्दै आएकी २४ वर्षकी दिक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नं को बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। ठक्कर दिएको नगरबस र चालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

यो पनि: चट्याङ लागेर प्यूठानमा एक जना घाइते, प्यूठान – प्यूठानमा बिहीबार साँझ परेको चट्याङ लागेर एक जना घाइते भएका छन् । प्यूठान नगरपालिका-६ झुलेनीकी २५ वर्षीया रोसनी सुनार घाइते भएको प्यूठान नगरपालिका–६ का वडाध्यक्ष एनपी मगरले जानकारी दिए ।

चट्याङ लागेर सुनारको बायाँ हातमा नचल्ने अवस्थामा पुगेको वडाध्यक्ष मगरले बताए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ ।

प्रतिकृया दिनुहोस्