काठमाडौं । नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढेको छ । बिहीबार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
१७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।
कोभिडका कारण एक जनाको पनि मृ त्यु भएको छैन । पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सङ्घीयता कार्यानवयनसँग जोडिएका ऐन तत्काल ल्याउन माग
काठमाडौँ, २३ चैत (रासस) : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गर्नुभएको हो । यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण गराउनुभएको थियो ।
बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने बताउनुभयो ।
बैठकमा सांसदहरुले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन, सदनलाई विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्