काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल निगमले बढेको पेट्रोलियम पदार्थको मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार भारतबाट आइतबार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ३३ पैसा र डिजेल प्रतिलिटर २० पैसा बढाएर पठाएको हो ।
पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको अवस्थामा भारतले बढेको नयाँ मूल्यसूची पठाएको हो । नेपाल आयल निगमले प्रत्येक महिनाका १६ र १ तारिखका दिन नयाँ मूल्यसूची पठाउने गरेको । हाल नेपालमा पेट्रोल प्रतिलिटर १ सय ७५ तथा डिजेल १ सय ६५ रुपैयाँमा कारोबार हुने गरेको छ ।
यस्तो बन्दै पल शाहको पहिलो म्युजिक भिडियो ..
नेपाली सिनेजगतमा एकदमै ब्यस्त रहने गरेका नायक पल शाह नाबालिका बलात्कारको आरोपमा उच्च अदालबाट सफाइ पाएसंगै नियमितरुपमा काममा फर्किएका छन् । १ बर्ष सम्म जेलमा आफ्ना दिनहरु बिताएका पलले अब सेटमा आफ्ना दिनहरु कटाउने भएका हुन् ।
जेल जिवन बाट बाहिर आए पछिको उनको पहिलो गितको छायाँकनको काम भईरहेको छ । सक्छौ र तिमी म बिना बाँच्न उनको पहिलो गित रहेको छ । यस गितलाई नरेश बुढाथोकीले स्वर दिएका छन् भने राम अबिरल बिष्टले शब्द सिर्जना गरेका छन् । सन्तोष सुनारले संगीत भरेका छन् ।
दिलासा बस्नेतले निर्माण गरेको यस गितको छायाँकन काठमाण्डौ र पोखरामा भईरहेको छ । विकाश सुबेदीको निर्देशन रहेको यस गितको भिडियोमा पल शाह लाई सनिशा भट्टराईले साथ दिएकी छन् । म्युजिक भिडियोलाई 8K Everest Motions Pictures ले बजारमा ल्याउने भएको छ ।
बालेन र हर्क साम्पाङबीच पहिलो भेटवार्ता, एकले अर्कालाई लगाइदिए उपहारको चिनो..
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङबीच भेटवार्ता भएको छ । काम विशेषले राजधानी आएका मेयर साम्पाङले मेयर बालेनसँग मंगलबार उनकै कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुवैले एकले अर्कालाई ‘सिलाम साक्मा’ लगाइदिए । मेयर साम्पाङ र मेयर बालेन दुवैको यो पहिलो भेट हो । पहिलो भेटवार्ता गर्दा आफूहरु खुसी भएको पनि उनीहरुले भनेका छन् ।
मेयर बालेनले भेटपश्चात् लेखेका छन्, ‘सिलाम साक्माले मृत्युको बाटो छेकेझै, नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस ।’ यस्तै, मेयर साम्पाङले पनि लेखेका छन्, ‘आज मेयर बालेनज्यु सँग पहिलो भेट भयो ! रमाइलो भयो कुराकानी !’
महिला फुटबल एसियाली छनोट : पहिलो चरणको खेल मङ्गलबारदेखि
काठमाडौँ, २१ चैत (रासस) :
पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् ।
ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ । सो समूहमा रहेका अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएका थिए । छनोट खेलको विजेता ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले उक्त प्रतियोगितामा आफ्नो टोलीले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । उनले फिफा वरियताले खेलमा खासै असर नगर्ने उल्लेख गर्दै आफ्नो टोलीले उत्कृष्ट खेल खेल्ने बताए । फिफा महिला विश्व वरियतामा भियतनाम ३३औँ स्थानमा छ भने नेपाल १००औँ स्थानमा रहेको छ ।
प्रशिक्षक थापाले भियतनाम बलियो विपक्षी टोली भए पनि आफ्नो टोलीले विगत एक महिनादेखि विशेष तयारी गरिरहेकाले नतिजा आफ्नो पक्षमा रहने बताए । यही प्रतियोगिताको तयारीका लागि नेपालले गत फागुन ३ र ६ गते भारतमा भारतीय टोलीसँग मैत्रीपूर्ण खेल खेलको थियो । नेपालले भारतसँग पहिलो खेल गोलरहित बरबरी तथा दोस्रो खेल २–२ गोलको बराबरी खेलेको थियो ।
नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बलियो टोलीसँग खेल्न आफूहरु तयार रहेको बताइन् । वरियताले खेलको नतिजामा खासै फरक नपर्ने उनको भनाइ थियो ।
प्रतिकृया दिनुहोस्