Wednesday, December 19

काठमाडौँ आएका निर्मलाका बुबाआमालाई दूखःका बेला बुद्ध एयरले गर्यो यस्तो सहयोग।

काठमाडौँ आएका निर्मलाका बुबाआमालाई घर फर्किन बुद्ध एयरले दियो फ्री टिकेट

काठमाडौं । कञ्चनपुर हत्या काण्डले देशभर नागरिकहरुलाई आन्दोलीत बनाइरहेका बेला १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमालाई बुद्ध एयरले टिकट निःशुल्क दिएर सहयोग गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमालाई बुद्ध एयरले टिकट निःशुल्क दिएको जानकारी बुद्ध एयरको आधिकारिक ट्वीटर एकाउन्टमा उल्लेख छ। बुद्ध एयरको आधिकारिक ट्वीटर एकाउन्टमा ट्वीट गर्दै निर्मला बुबा यज्ञराज र आमा दुर्गादेवीलाई काठमाडौंदेखि धनगढीसम्मको टिकट निःशुल्क गरिएको जनाएको छ ।

बुद्ध एयरले ट्वीटमार्फत् निर्मला पन्त र उनका परिवारप्रति आफू सँगै रहेको जनाउँदै निर्मलाको न्यायका लागि हामी सँगै छौं भनेर गरिएको ट्वीटमा पत्रकारहरुले सहयोग गर्न पनि अपिल गरेपछि बुद्ध एयरले सहयोग गरेको बताइएको छ । न्यायका लागि काठमाडौं आएका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर धनगढी फर्किँदा उनीहरुलाई टिकट निःशुल्क गरिएको हो ।

Similiar Post