भक्तपुर । भक्तपुरको ठीमीको प्रहरी चौकीमा बा ८ च ४७५६ नम्बरको गाडी क्षतिग्रस्त रुपमा रहेको छ । यो गाडी कौशलटारमा केही दिन अघिमात्रै मध्यरातमा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी एक महिलाको ज्यान गएको थियो । उक्त घटनामा ड्राईभर सहित बाँकी दुई जना घाइते भएर उनीहरुको उपचार भईरहेको खबर विभिन्न सोशल मिडियामा प्रसारण पनि भएको थियो ।
सोही घटनामा परी ज्यान गुमाएकी ती महिला (रिया) लाई मारिएको भन्दै मृतक महिलाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी थिईन् । यो समाचार पनि बाहीरिएपछि सोशल मिडियामा एक प्रकारको तरगं नै छाएको थियो । घटनापछि अनुसन्धान हुँदै गर्दा मृतक ती महिला ड्राईभरकी श्रीमती भएकी खुल्न आएको छ ।
घटनाको दिन मृतक महिला र उनलाई घुमाउन लगेको व्यक्ति इन्जिनियर रहेको पनि खुल्न आएको छ । याहाँनिर प्रश्न उठेको छ मृतक महिला अर्कैकी श्रीमती हुँदाहुँदै पनि अखिर के नाता र सम्बन्धका कारण इन्जिनियरसंग घुम्नकालागी उनी गईन् त भन्ने ।
यो घटनाको विषयमा मृतक महिलाका घरपरिवारहरुको भनाई यस्तो छ ।-इताजाखबरबाट)
भिडियो हेर्न यहाँ क्लिक गर्नुस
प्रतिकृया दिनुहोस्