Saturday, March 25

चर्चित हास्य टेली श्रृंखला ”सक्किगोनी” आजको नयाँ भाग हेर्नुहोस् (भिडियो)

2020-12-10 960

काठमाडौं । चर्चित हास्य टेली श्रृंखला सक्किगोनी अब हिमालय टिभीबाट प्रसारण हुने भएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको उक्त यो सिरियल मंसिर २५ देखि हिमालय टिभीबाट प्रसारण हुने भएको हो ।

अर्जुन घिमिरे र कुमार कट्टेलको कथा, पटकथा, संवाद र निर्देशनमा प्रसारण हुँदै आएको यो सिरियल लकडाउनका कारण केही महिनादेखि प्रसारण हुन सकेको थिएन ।

अब, मंसिर २५ गतेबाट नयाँ भाग छायांकन गरेर प्रशारण गर्ने तयारी गरिएको यो श्रृङ्खलाका सिरिज निर्देशक दीपकप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार हिमालय टेलिभिजनबाट सिरियल प्रसारण भए पनि युट्युबमा भने ओएसआरबाट नै अपलोड हुन्छ ।

यो सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, सीपी पुडासैनी, शंकर आचार्य, कमलमणी नेपाल, दिपक आचार्य, सागर लम्साल, हरि निरौला, रक्षा श्रेष्ठ सुबोध गौतम, पुरुषोत्तम आचार्य, रश्मी पाण्डे, मधुसुदन पाठक, गोविन्द कोइरालालगायतका कलाकारको अभिनय छ । हेरौ भिडियो…

 

प्रतिकृया दिनुहोस्