Sunday, April 18

१४४ तलाको भवन १० सेकेण्डमा यसरी उडाइयो डरलाग्दो (भिडियो सहित)

2020-12-11 385

कुनैपनि संरचना बनाउन बर्षौ लाग्छ तर भत्काउन? केही क्षण पनि लाग्दैन! युएइको अबु धाबीमा यस्तै भयो, जहाँ एक ठूलो भवनलाई केही सेकेण्डमै ढालिएको छ।

५४१ फिट अग्लो मिना प्लाजालाई १० सेकेण्डमै भत्काइएको हो। अहिले उक्त भवन भत्काउँदै गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

विश्वमा हालसम्म यति ठूलो भवन यति कम समयमा कहिल्यै भत्काइएको थिएन। हाल सम्म भत्काइएका भवनमध्ये मिना प्लाजा सबैभन्दा अग्लो भवन भएको बताइएको छ।

उक्त भवन भत्काइएसँगै गिनिज बुकमा यसले नयाँ रेकर्ड कायम गरेको छ। अधिकारीहरुका अनुसार उक्त भवन भत्काउन ९१५ केजी विस्फोटक पदार्थको प्रयोग भएको थियो।

गल्फ न्यूजका अनुसार भवन भत्काइनुअघि अघि वरपरका पसल र बजारहरू अस्थायी रूपमा बन्द गरिएका थिए।

भिडियो हेर्नुहोस्

 

प्रतिकृया दिनुहोस्