Tuesday, September 22

सचेत रहौ। मधुमेह अर्थात चिनी रोग लागेको कसरी थाहा पाउने ? रोग लागेपछी के गर्ने ? रोग लाग्न नदिन यसो गर्नुहोस (भिडियो सहित)

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ ।रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो ।प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् ।

इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ ।तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ।प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ।

रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी , रक्तकोष , विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । आज हामीले मधुमेयको बारेमा वरिष्ठ मधुमेय थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. तारा कोइरालासंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी भिडियोमा