Tuesday, September 29

अन्तत: मिले रविना र श्यामलाल ! एकअर्काको मन जितेरै बस्ने दुवैको प्रतिबद्धता (भिडियो सहित)

पछिल्लो समय युटुवमा चर्चामा रहेको बिषय हो रविना बादी र श्यामलाल ओलीको सम्बन्ध, निकै स्पेश पायो यो बिषयले, साथै बिभिन्न टिकाटिप्पणी पनि ।

केहि महिना अघि रविना रुदै कराउदै मिडियामा आईन् न्याय माग्दै आईन् र अहिले श्रीमान श्यामलालपनि आफुलाई सहि सावित गर्नतर्फ लागे र केहि हदसम्म सफलपनि भए ।

पहिलाका बिषयहरुलाई बिर्सेर रविनाले श्यामलालसंग मिलेर बस्ने बताउदै आफुले मिडियामार्फत भनेका कुरा सच्च्याउन थालिन् र माफिसमेत मागिन् । तर श्यामलाल भने अब रविनासंगको सम्बन्ध अगाडि नबढाउने सम्बन्ध बिच्छेद गर्ने अडानमा रहे ।

अन्तत रविना र श्यामलाल मिल्ने भएका छन् । रविनाले मन र बिश्वास जित्न सफल भईन् भने हासीखुशी सम्बन्ध अगाडि बढाउने श्यामलालले बताउदै गर्दा रविनाले भने घरपरिवार र श्रीमानको मन जितेरै छोड्ने दावि गर्छीन् ।

सानो छोराको भविष्यको लागिपनि अब यी दुईजना मिल्ने सोचमा पुगे । उनिहरुले एकअर्काले आआफ्नो गल्ती स्विकार गर्दै अब भोलीका दिनहरुमा यस्ता गल्ती नदोहोर्याउने बिश्वास समेत दिलाएका छन् । उनीहरु मिल्दै गरेको यो भिडियो हेर्नुहोस