Tuesday, September 29

निर्मलाका निम्ति कञ्चनपुरमा फेरि भयानक तनाव ,४ जना कर्मचारीको कुटपिट गरि यस्तो हालत (हेर्नुहोस यो भिडियो )

महेन्द्रनगर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० हप्ता भइसक्यो। तर दोषी अझै पत्ता लागेको छैन। हत्यारा फेला पार्न सरकार असफल भएको भन्दै कञ्चनपुरका सर्वसाधारणले फेरि आन्दोलन थालेका छन्। घटनाका आरोपी निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र अर्का स्थानीय आयुष विष्टको डीएनए नतिजा नेगेटिभ आएपछि हत्या झनै रहस्यमय बन्दै गएको छ। उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेको छैन। नागरिक संघर्ष समिति कञ्चनपुरले मंगलबार हत्यारा पक्राउ गरी कारबाही माग गर्न दिनभरि धर्ना दिएको छ।

यस्तै दबाबमूलक संघर्ष समितिले समेत आन्दोलनका जारी राखेको छ। समिति संयोजक हेलेन श्रेष्ठले बुधबार सुदूरपश्चिम प्रदेश सरकार कार्यालय घेराउ गरी मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिइन्।मंगलबार कांग्रेस भ्रातृसंस्था नेविसंघले हत्यारालाई पक्राउ गरी कारबाही गर्न कञ्चनपुर बन्द गरायो।

संघका कार्यकर्ताले जिल्ला सरकारी वकिल कार्यालय तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेका छन्। वकिल कार्यालयका ४ कर्मचारीमाथि हातपात भएको हो। तोडफोड गरेको भिडियो खिचिरहेका स्थानीय एसटीएस टेलिभिजनका संवाददाता चन्द्रकान्त जोशीमाथि पनि आन्दोलनकारीले आक्रमण गरेका छन्। कान्तिपुरनेटवर्क युटुब चंनेलले तयार पारेको यो भिडियो हेर्नुहोस …..