Tuesday, October 27

आजको राशिफलः बि.स. २०७५ साल असोज १८ गते बिहिबार इश्वी सन् २०१८ अक्टुबर ४ तारीख

आज श्री शाके १९४० बि.स. २०७५ साल असोज १८ गते बिहिबार इश्वी सन् २०१८ अक्टुबर ४ तारीख आश्विन कृष्ण पक्ष दशमी तिथी तिष्य नक्षत्र शिव योग वणिज करण चन्द्रमा कर्कट राशिमा सुर्य दक्षिणायन शरद ऋतु दशमी श्राद्ध विश्व पशु प्राणी दिवस –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला । गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेको हुनाले बिशेष साबधानि अपनाउनु होला । पारीवारिका सदस्यहका स्वास्थमा सामान्य तनाव देखा पर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बल तथा प्रराक्रममा बृद्धि हुनेछ । बिश्वासिला मित्रजनहरु बाटँ भने धोकाहुन सक्नेछ । प्रतिश्पर्दा जन्य कार्यमा अव्वल स्थान प्राप्त रहनेछ । यात्राका क्षेत्रमा भने बिशेष सावधानी अपनाउनु होला । कार्य क्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ लगानिका क्षेत्रमा बिशेष सजग रहनु होला । वाणीका कारण आफ्न्तजनहरु रुष्ट रहन सक्नेछन । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । तपाईको कार्य बाटँ लाभ उठाउनेहरु प्रशस्त हुनाले साबधानि अपनाउनु होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

गरीरहेको कार्यलाई पुर्णता दिन नसक्दा मानसिक तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा पारीवारिक सरसहयोग प्रशस्त प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । हरकोहि ब्यक्तिहरुलाई आफ्नो बशमा पार्ने क्षमतामा भने बृद्धिहुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

देश प्रदेशको यात्राको योगको सम्भाबना रहेकोछ । तात्कालिक आर्थिक अभाबको सम्भाबना रहनेछ । भोगबिलासिताका साधनको खरीदको क्षेत्रमा सामान्य खर्च रहनेछ । तपाईको कार्यमा त्रुटि खोज्नेहरुको सङ्ख्यामा बृद्धिहुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको प्रशन्नताका निम्ती समय खर्चनु पर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा अधिक परीश्रम खर्चनु पर्नेछ । अधुरा कार्य सम्पादन गर्नका निम्ती गोप्यता अपनाउनु उत्तम रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित गर्नु उत्तम रहनेछ । आफन्तजनहरु बिचबाटँ टाढा भएको महसुुस हुन सक्नेछ । सवारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । सामान्य मान सम्मान प्राप्तीको योग रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

यात्राकारक दिनरहेकोछ । प्रिय ब्यक्तिहरु सगँको भेटघाटले मन प्रशन्न रहला । अरुद्वारा सम्पादित कार्यको श्रेय तपाईलाई मिल्न सक्नेछ । मित्रजनहरुको अधिक निकटताले सामान्य झन्झटमा फसाउला । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बिश्वासिला ब्यक्तिहरुबाटँ धोका हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानिबाटँ बिशेष लाभ उठाउन सकीएला । कार्यक्षेत्रमा अधिक श्रम खर्चनु पर्नेछ । अनावश्यक बादबिवादका कारण मानसिक तनाबका सामना गर्नु पर्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

जिवन साथीको साथ सहयोगमा अधुरा कार्य सम्पादित रहनेछन । मानसिक चन्चलताको कारण नयाँ कार्यको थालनिको सम्भाबना रहेतापनि कार्य क्षेत्रमा लगनसिलताको कमी महसुस हुनेछ । ब्यापार ब्यवसायका निम्ती समय मध्यम रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

तपाई द्वारा सम्पादित कार्यबाटँ मित्रजनहरु लाई यथेष्ट लाभ प्राप्त रहनेछ । आफन्तजनहरुको स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । अरुको बहकावमा लाग्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । भोगबिलासका क्षेत्रमा समय ब्यतित रहला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अध्यन अध्यापनका निम्ती अधिक समय ब्यतित रहनेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्ने समय रहेकोछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । कार्य क्षेत्रमा पदोन्नतीको सम्भाबना समेत रहनेछ । सन्तानको सम्बन्धी समस्याले सताउला । – ज्यो.पं. सरोज घिमिरे /