Thursday, October 1

अमिताभ बच्चनले गरे नेपाली ‘को बन्छ करोडपति’ घोषणा, हेर्नुहोस् नेपालीमा के–के भने ? (भिडियो सहित)

काठमाडौं। चर्चित फ्रेन्चाइन शो ‘हु वान्ट्स टु बी अ मिलियनेयर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’को बलिउड महानायक अमिताभ बच्चनले घोषणा गरेका छन् । एपी वन एचडी टेलिभिजनमा आउने यो शोको अमिताभ बच्चनको प्रोमो जारी भएको हो । प्रोमोमा बच्चनले यो शो नेपालमा सुरु हुन लागेकोमा आफूलाई निकै खुसी लागेको बताएका छन् ।

यो चर्चित फ्रेन्चाइज शोको भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ अमिताभ बच्चनले नै संचालन गर्ने गर्छन् । अमिताभ बच्चनको प्रोमो टेलिभिजनले आफ्नो फेसबुक पेजमार्फत जारी गरेको हो । यो शो आगामी नोभेम्बरबाट सुरु हुने बताइएको छ ।

नेपाली शो नेपालका महानायक राजेश हमालले संचालन गर्नेछन् । यो कार्यक्रमको स्पोन्सरका रुपमा कोकाकोला, सिभिल बैंक, हिरो, इन्डिका हेयर कलर, बाल्ट्रा होम एप्लाइन्स, स्विट द्याट फिड्स, एजुकेसन पार्क, इन्चान्टेयर रहेका छन् ।  हेर्नुहोस् प्रोमो  हेर्नूहोस।