Friday, October 30

गायिका बेनिशा पौडेलले ल्याइन नया गीत ‘ आखैमा ‘ ( भिडियो सहित )

बेनिशा पौडेलको नया गीत ‘ आखैमा ‘ सार्बजनिक भएको छ। संगीत क्षेत्रमा नया नाम भएपनि लामो समय देखि संगीतमा लागि रहेकी बेनिशाको यो पहिलो अफिसियल भिडियो हो। यस अघि धेरै कभर गीत गाएर युट्युबमा हालिसकेकी छिन।

कान्तिपुर टिभीको वोइस अफ नेपालमा समेत भाग लिएकी थिइन्। बेनिशाको स्वरमा सजिएको यस म्युजिक भिडियोमा बुगीवुगी बिजेता कविता नेपाली र सरोज मोक्तान को डान्स साथै अभिनय देख्न सकिन्छ।

निकै मिठो स्वरकी धनि बेनिशाको यस गीतलाइ शान्तिप्रियले सब्द दिएकिछिन। दिपक शर्मा को संगीत रहेको यस गीतलाई उदयराज पौडेलले अरेन्ज गरेका छन्। सरोज मोक्तानको कोरियोग्राफी रहेको यस भिडियोलाई उत्सब दाहालले भिडियो खिचेका छन् भने टेकेन्द्र शाहले निर्देशन गरेका छन्। तलको भिडियो हेर्नूहोस।