Thursday, October 1

युवालाइ देशमा रोजगारी दिउँ आफ्ना बा आमा आफै पाल्छन, भन्दै गगन थापाले गरे सबैको हितको लागी यस्तो कूरा

काठमाडौं – नेपाल काँग्रेसका नेता गगन थापाले पार्टी भित्र नेतृत्व हस्तान्तरणमा बहस र छलफल आवश्यक भएको बताउनुभएको छ ।

निर्वाचनमा पराजय हुनु शीर्ष नेताको कमजोरी रहेको बताँउदै काग्रेसमा अव युवा पुस्ताले नेतृत्व लिने बेला आएको जिकिर गर्नुभयो । रौतहटको चन्द्रनिगाहपुरमा आयोजित निर्वाचन पछिको सन्र्दभ र नेबि संघको भुमिका बिषयक २ नम्वर प्रशिक्षण कार्यक्रममा युवा नेता थापाले कांग्रेसको नेतृत्व युवा पुस्तालाई स–सम्मान हस्तान्तरण गर्नुको बिकल्प नरहेको बताउनुभयो ।

अधिकांश समय पार्टी सुधारको पक्षमा बोल्नुभएको थापाले पार्टीका अग्रज नेताहरुलाइ उच्च सम्मानका साथ राख्ने र नेतृत्व भने यु्वा पुस्ताले पाउनु पर्ने जिकिर गर्नुभयो ।-लाइटनेपालबाट।