Tuesday, September 29

एकाबिहानै अमेरिकाबाट लाइभ आएर प्रेम बानियाले सम्पूर्ण नेपालीलाई दिए खुशीको खबर (भिडियो सहित)

न्यूज २४ टेलिभिजनसँगको ८ बर्ष २ महिनाको यात्रा सकेर उच्च शिक्षा अध्ययनकालागि युवा पत्रकार संगम बानियाँ अमेरिका प्रस्थान गरेका छन । बानियॉं न्यूज २४ टेलिभिजनमा ‘पावर न्युज’ कार्यक्रम चलाउदै आएका थिए । उनले विमानस्थलमा उभिएर खिचेको तस्बिर आफ्नो फेसबुक वलमा लेखेका छन्, केही दिनको मौनतापछि मैले मेरा दर्शक, अग्रज, शुभचिन्तकहरुलाई आफ्नैबारे केही कुरा जानकारी गराउँनु उपयुक्त ठानेको छु ।

धेरैको चासो र चिन्ताकोबीच पनि म उच्च शिक्षा हासिल गर्नका लागि संयुक्त राज्य अमेरिका जाँदैछु । यो देशको भूगोलभित्र बसेर १४ बर्षको पत्रकारिता यात्राले मलाई धेरै कुरा सिक्ने मौका दिएको छ ।

यो अवधिसम्म मलाई सहयोग गर्नुहुने अग्रज, शुभचिन्तक, मेरो बारेमा चासो राख्नु हुने सम्पूर्ण दर्शक, सुभेच्छुकहरुलाई मेरो नमन छ । १४ बर्षे पत्रकारितको यात्रामा स्थापनाकालदेखि शुरु भएको न्यूज २४ टेलिभिजनसँगको ८ बर्ष २ महिनाको यात्रा तत्कालका लागि टुङगिएको छ ।

छिट्टै नयाँ जोशका साथ तपाईहरु माझ उपस्थित हुने बाचा गर्दै सहयोग गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । धन्यवाद । केहि बर्ष पहिले प्रेम बानिया पनि यसरि नै उच्च शिक्षा हाँसिल गर्नकै लागि अमेरिका लागेका थिए । नाताले प्रेम बानिया र संगम बहिनिया दाजुभाई हुन् । भिडियो हेर्नूहोस।