Sunday, September 20

काटिएको टाउको हातमा लिएर हिड्ने युवाको बास्तविकता यस्तो पो रहेछ ! हेर्नूहोस

काठमाडौ । काटिएको टाउको हातमा लिएर हिड्ने युवाको बास्तविकता यस्तो पो रहेछ !

पछिल्लो समय बलात्कारका घटनामा बृद्धि भएसँगै बलात्कारीलाई कडाभन्दा कडा कारवाहीको माग भइरहेको छ ।

संसदमा नै बलात्कारीलाई फाँसीको सजायको व्यवस्था गर्न माग गर्दै सांसदहरुले भाषण गरेका छन् भने महिला अधिकारकर्मीहरुले पनि बलात्कारीहरुलाई कडाभन्दा कडा सजाय गर्न माग गरिरहेका छन् ।

यसै सन्दर्भमा केही दिनदेखि सामाजिक सञ्जाल र विभिन्न फेसबुक ग्रुपहरुमा एउटा भिडियो भाइरल भएको छ । जसलाई तपाईंले पनि हेर्नु भएको होला । जसमा एकजना युवकले शरीरबाट छुट्टिएको टाउको हातमा बोकेर हिँडिरहेको देखिन्छ र उनी प्रहरी चौकी सम्म पुग्छन् । उनको सर्टमा रगत लतपतिएको छ ।

सामाजिक सञ्जालहरुमा आफ्नी बहिनीलाई बलात्कार गर्ने युवकलाई किशोरीको दाईले घाँटी छिनाएर सजाय दिएको र टाउको लिएर प्रहरीलाई बुझाएको भन्दै सामाजिक सञ्जालहरुमा सेयर भइरहेको छ ।

यसलाई कतिपयले नेपालमा पनि भरखरै यस्तो भयो भन्दै पोस्ट गरिरहेका छन् भने कतिपयले भारतमा बलात्कारीलाई पीडितका दाइले कारवाही गरेको भन्दै प्रचार भइरहेको छ ।

भारतमा पनि हंगामा
यो भिडियोले भारतमा पनि केही दिन यता यो भिडियोले हंगामा मच्चाइरहेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको छ ।

सामाजिक सञ्जालहरुमा भारतीय कांग्रेसका नेता राफिक अलीले नीलमको बलात्कार गरे र उनको भाइले राफिकको टाउको काटे भन्दै भिडियो भाइरल भइरहेको छ । यो भिडियोलाई भारतमा हजारौं मानिसले प्रतिक्रिया जनाउने र सेयर गरेका छन् । जो राजनीतिक र धार्मिक रुपमा जोडिएको छ ।

नेपालमा पनि यो तस्वीर निकै हेरिएको र सेयर भइरहेको छ । भारतमा यो विषय हिन्दू र मुस्लिमसँग पनि जोडिएको छ । कतिले एक हिन्दू युवा जसले आफ्नी आमाको बलात्कार गर्ने मुस्लिमको गला काटिदिए भनि लेखेका छन् ।

यस्तो छ वास्तविकता
यो भिडियो बहिनी बलात्कारमा परेको भन्दै उनका दाइले बलात्कारीको टाउको काटेको घटनासँग जोडिएर नेपालमा चर्चा भइरहेपनि वास्तविकता भने त्यस्तो छैन ।

यो घटना भारतको कर्नाटकको मंड्या जिल्लाको हो । २९ सेप्टेम्बर(असोज १३) गते चिकाबगिलू गाउँमा बस्ने २४ वर्षीय पशुपतिको गाउँका २८ वर्षीय गिरीशसँग झगडा भयो ।

झगडामा गिरीशले पशुपतिको आमालाई फोहरी शब्द प्रयोग गरि गाली गरे । त्यसपछि पशुपतिले होस गुमाए र गिरीशको शिर काटिदिए । काटिएको शिर आफ्ना हातमा लिएर पशुपति मालावती प्रहरी चौकीसम्म पुगे ।

मालावाली प्रहरी शिवप्रकाश देवराजूले घटनाको पुष्टि गरेका छन् ।-लोकान्तर