Monday, September 21

राम्रो काम गरेको भन्दै ८५ वर्षकि बृद्ध आमाले रबिलाई भेटेरै दिए आसिर्बाद ( भिडियो सहित )

एक बृद्ध आमाले समेत सिधा जनताका प्रस्तोता रबि लामिछानेलाई भेटेर आसिर्बाद दिएकि छिन। ति आमाले रबि लामिछानेलाई हेर्न र भेट्न धेरै नै चाहेको भन्दै भेटेर टाउको हात राखेर आसिर्बाद दिएकि थिइन।

३ करोड नेपाली को ढुकढुकी बनिसकेका रबि लामिछाने नेपाल बाहिर समेत कति प्रिय बनिसकेका छन् भनेर यहि बाट प्रस्ट हुन्छ। Hongkong भ्रमणका क्रममा ८५ वर्ष कि आमा सुन कुमारी गुरुङले दिएको आसिर्बाद, हौसला र बिस्वास देखाउदै आसिर्बाद दिएका थिए।

रबि लामिछानेलाई फलामको खम्बा जस्तो हुन् ,कसैले हल्लाउन समेत नसकोस , नेपाल को ज्योति बनेर बस्न र कसैले निभाउन नसकोस भन्ने आसिर्बाद दिएकि थिइन। ति ८५ बर्षीय बृद्ध आमालाई रबि लामिछानेले समेत धन्यबाद दिए। सिधा कुरा जनता कार्यक्रम ति बृद्ध आमाले समेत हरेक भाग हेर्ने गरेको बताइन। रबि लामिछाने पनि आफ्नो छोरा जस्तै रहेको बताइन।

उनले फेसबुक मा पोस्ट गर्दै यस्तो लेखे : ‘ आमाहरुको आशिर्वाद पाएको शीर हो, झुक्नै मान्दैन। Hongkong भ्रमणमा क कस्ले के भेट्नु भो र कस्ले किन बेनामे लेख लेख्नु भो त्यसको हिसाब अलि पछि गर्नु परे गरौला तर ८५ वर्ष कि आमा सुन कुमारी गुरुङका शव्द शब्दमा पाएको हौसलामा केही दिन गर्व गर्न पाउ है।आमाको बिश्वास मरेपनि मर्न दिन्न… आमाकै कसम भो। ‘ भिडियो हेर्नूहोस।