Saturday, October 24

नेपाल-भारत सेमिफाइनल : नेपाली चेलीहरुले भारतको पोस्टमा दर्जनौ पटक आक्रमण, दोस्रो हाफको खेल शुरु (लाईभ भिडियो सहित)

काठमाडौं । भुटानको राजधानी थिम्पुमा भइरहेको यु १८ साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा नेपाल र भारतबीच अहिले खेल जारी छ ।

खेलको दोस्रो हाफमा शुरु भएको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । खेलको १५औं मिनेटमा नेपालकी रश्मीकुमारी घिसिंगले गोल गरेकी हुन् । त्यस्तै दोस्रो हाफमा भारतले पनि एक गोल फर्काएको छ ।

खेलमा नेपालले भारतमाथि निकै दबाब कायम गरेको थियो । नेपाली चेलीहरुले भारतको पोस्टमा दर्जनौ पटक आक्रमण गरेका थिए । भने भारतीयहरुले नेपाली पोस्टमा निकै कम आक्रमण गरे ।

यो खेल जित्ने टिमले शुक्रबारै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ । अर्को सेमिफाइनलमा बंगलादेश र घरेलु टिम भुटान भिड्नेछन् ।

लाईभ भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस् 

-धनकूटाखबर।