Monday, September 28

निकै चर्चामा रहेकी काउली बुढीले ल्याइन् नयाँ डान्सिङ नम्बर ‘मायाको चेक’ हेर्नुहोस् (भिडियो सहित)

पछिल्लो समय निकै चर्चामा रहेकी काउली बुढी अर्थात सन्ध्या बुढा र गायक कपिल कसपालको स्वरमा रहेको गीत ‘मायाको चेक’ सार्वजनिक गरिएको छ ।

नेपाल आइडलबाट अझै चर्चा कमाएकी काउली बुढीले यस अघि पनि निकै गीतहरु बजारमा ल्याइसकेकी छिने तर यो गीत भने ती गीतहरु भन्दा फरक रहेको छ किनकी यो गीत डान्सिङ नम्बरमा रहेको छ । सुप्रिम पराजुली निर्माता रहेको यस गीतमा कपिल कसपाल आफैँले निर्देशन गरेका छन् ।

मायाको चेकमा मोडल नयन डि सि र श्रृष्टि खड्काको अभिनय रहेका छन् । हेम लामाले एरेन्ज गरेका छन् । गीतको नृत्य संयोजन भने बुगिवुगिका नृत्य निर्देशक प्रशान्त तामाङले गरेका छन् । भिडियो हेर्नुहोस।