Thursday, October 1

नेपालसँग हार्यो भारत, शानदार जितसँगै नेपाल फाइनलमा प्रवेश (बिबरण सहित हेर्नूहोस)

काठमाडौं । भुटानमा जारी साफ अन्डर १८ महिला च्याम्पियनसिप अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपालले भारतमाथि शानदार जित निकालेको छ । नेपालले भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो । नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरिन।

अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । पहिलो हाफमा १-० को अग्रता लिएको नेपलाले दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो।

भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् । नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो ।-धनकूटाखबर)