Monday, September 21

नेपाल आइडलकी होस्ट रिमा विश्वकर्मा अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौँ। गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। म तिमीलाई माया गर्छुु बोलको गीतमा मेलिनालाई गायक तम्पशेर राईले साथ दिएका छन्।

गीतमा शब्द र सङ्गीत तम्पशेरकै रहेको छ। गीतको एरेन्ज अमोस तामाङले गरेका हुन्। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित होस्ट र नायिका रिमा विश्वकर्मा र आयुष बराइलीको अभिनय रहेको छ। विश्वकर्मा अहिले चर्चित गायन रियालिटी शो नेपाल आइडलमा होस्टको रुपमा आवद्द छिन्। हेर्नुहोस् भिडियो।