Tuesday, September 29

दशैँमा टिकासँगै लगाईने जमराको जुसले कस्ता कस्ता रोग निको पार्छ ? हेर्नुहोस्( भिडियो सहित)

दशैँमा टिकासँगै लगाईने जमराको जुसले कस्ता कस्ता रोग निको पार्छ ? हेर्नुहोस् तलको भिडियो हेर्नूहोस…
काठमाडौं । जमरा दशैंमा सांस्कृतिक महत्वले गर्दा उमारिन्छ । तर, अहिले भने जमरा दशैं बाहेक अन्य समयमा पनि बनाउन थलिएको छ। जमरालाई अरु समयमा सांस्कृतिक महत्वले भन्दा पनि स्वास्थ्यको लागि उमार्न थालिएको छ।

जमरा विशेष गरि गहुँ र जौंको बनाइन्छ । घर भित्र नै गहुँ र जौं उमारिन्छ र त्यसलाई उखलेर जुस बनाइन्छ। जुस बनाउँदा जमरा काटेर नभई जरा संगै बनाउनुपर्ने उनीहरु बताउँछन्।

जमराको जुसले प्राणघातक रोगहरु समेत निको हुने विश्वास गरिन्छ। रक्तचाप बढी भएका व्यक्तिले विशेष गरि जौंको जमराको जुस खानाले रक्तचाप घटेर जान्छ । यो बाहेक जमराको जुसले मधुमेह, क्यान्सर, ग्यास्ट्रिक लगायतका रोगहरु निको हुने मानिन्छ।

जमराको जुस पिउनको लागि एउटा स्टलमा दैनिक ४० जना व्यक्ति आउने व्यवसायी बताउँछन् । त्यस्तै, जमराको जुस पिउन थालेपछि ग्यास्ट्रिक कम भएको, शरीर फुर्तिलो हुने ग्राहक बताउँछन्। जमराको जुस पिउन आउनेमा अधिकांशले ग्यास्ट्रिक निको हुने बताउँछन्। पूरा जानकारीको लागि तलको भिडियो हेर्नूहोस।