Thursday, September 24

बालगायक मनिष लिम्बुको घर निर्माणका लागि विदेशबाट ठूलो सहयोग (भिडियो सहित)

काठमाडौं । बाल गायक मनिष लिम्बुको घर निर्माणका लागि विदेशबाट धेरै ठूलो रकम सहयोग आएको छ।

उनको प्रतिभा नै सबैलाई चकित पार्ने भएपछि उनलाई चारैतिरबाट सहयोग आउँदै गरेको हो। आर्थिक अवस्था कमजोर भएका ती बालक स्वरको धनी नै भएको भनेर चर्चित हुँदै आएका छन्। सबै सेलिब्रेटीका गीत र आवाजसंग दाँज्न सक्ने आवाज भएपछि उनको प्रतिभालाई निरन्तरता दिन सबैले सहयोग गर्दै आएका छन्।

पछिल्लो समय अशोक दर्जीपछि युत्युबमा भाइरल भइरहेका छन् ९ वर्षीय वाल गायक लिम्बु। पाँचथर घर भएका मनिष लिम्बु सुमधुर आवाज र कुशल अभिनय गर्ने क्षमताका कारण मिडियामा दिन प्रतिदिन भाईरल भईरहेका छन्। (भिडियोमा हेर्नुस्)