Sunday, September 27

फ्लाई दुबईको कस्तो हर्कत, मृत्यु भइसकेको मानिसको टिकट फिर्ता गर्दैन ? (भिडियो सहित)

दुबईबाट नेपालमा उडान गर्ने बजेट एयरलायन्सबाट एक नेपाली लाइ मर्का मा परेको छ। उडान अघि नै मृत्यु भैसकेको मानिसको टिकट क्यान्सिल गरेर पैसा फिर्ता नदिदा यात्रुले लाखौको घाटा सकेको छ।

फ्लाई दुवईले गरेको हर्कत बाट बैदेशिक रोजगरीमा जाने नेपाली हेपिएको अनुभूति भएको छ । जोडनमा रोजगारी गर्दै आएका उदयपुर कटारीका शिवकुमार श्रेष्ठ र उनकी श्रीमती कोपाली बरालले जोर्डन जान अक्टोबर ५ का लागि टिकट काटेका थिए । तर बिदेश जाने दिन नहुदै सेप्टेम्बर ३० मा कोपिला बरालको निधन भयो ।

जोडनमा दुर्घटनामा परेकी र नेपाल रहदा समेत उपचार गराईरहेकी कोपिला आफ्नो कम्पनीसंग लिनु पर्ने पैसा २० लाख लिन श्रीमानसँग जोडन जादै थिईन् । तर दुर्भाग्य जानु ५ दिन अघि उन्को मृत्यु भयो । श्रीमतीको मृत्यु भएपछि उनकी श्रीमान शिवकुमार श्रेष्ठले फ्लाई दुवईको टिकट क्यान्सील गरे ।

१ लाख ४७ हजार बराबरको राउण्ड टिकटको पैसा फिर्ता लिन उन्ले श्रीमतीको मृत्यु प्रमाणपत्रसहित आवश्यक सबै डकुमेन्ट एयरलायन्सलाई पठाए । तर फ्लाई दुबईमा कार्यरत डोल्मा नामक कर्मचारीले उनीहरुको पैसा फिर्ता नपाउने बताएपछि उनीहरुका सहयोगी व्यक्ति सिधा कुरा जनताको कार्यालयमा पुगे।

डोल्मा बिदामा रहेको बताउदै यस सम्बन्धमा सिधा कुराको टिम संग एयरलायन्सका कर्मचारी राम्ररी कुरा पनि गर्न समेत मानेनन । तर पछि एक जना महिलाले आफुहरुले पुन फ्लाई दुबईको केन्द्रीय कार्यालयमा इमेल पठाउने र टिकटको पैसा फिर्ता पाउने नपाउने बिषयमा परिवारलाई जानकारी गराउने बताईन् ।

कुनै कारणबस यात्रुको मृत्यु यात्रा गर्नु पूर्व हुन्छ भने टिकटको पैसा फिर्ता गर्नु पर्ने अन्तराष्ट्रिय नियम नै छ । त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलका महानिर्देशकले पनि यस्तो दुखको परिस्थितिमा एयरलायन्सले टिकट फिर्ता गर्ने पर्ने नियम रहेको बताउछन। र आफु फिर्ता गराएरै छाड्ने उनले बताए।

दुखको घडीमा पनि यसरि थप दुख दिनु भनेको कति सान्धर्भिक छ ? यस अघि पनि बैदेशिक रोजगारीमा जाने सोझा साझा नेपालीहरुलाई भने फ्लाई दुबई जस्ता एयरलायन्स कम्पनीले दुख दिदै आएको कुरा हामीले सुनिने रहेको कुरा हो । भिडियो हेर्नूहोस।

 
-न्यूज२४नेपालबाट