Tuesday, September 29

आजको राशिफलः बि.स. २०७५ साल असोज २२ गते सोमबार इश्वी सन् २०१८ अक्टुबर ८ तारीख

आज श्री शाके १९४० बि.स. २०७५ साल असोज २२ गते सोमबार इश्वी सन् २०१८ अक्टुबर ८ तारीख आश्विन कृष्ण पक्ष चतुदर्शी तिथी १०ः५० बजे सम्म पश्चात औंसी तिथी उत्तरफाल्गुनी नक्षत्र १४:०० बजे सम्म पश्चात हस्ता नक्षत्र ब्रह्म योग शकुनि करण पश्चात चतुष्पद करण चन्द्रमा कन्या राशिमा सुर्य दक्षिणायन शरद ऋतु औंसी श्राद्ध दर्शश्राद्ध पितृ विसर्जन निशी बार्ने श्रीप्राणनाथजीको जन्मोत्सव श्री कृष्णप्रणामी –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य खर्चको सम्भाबना रहेकोछ । देश बिदेशको यात्राको सम्भाबना रहनेछ । सामाजिक कार्यका क्षेत्रमा समय ब्यतित रहनेछ । तपाइ द्वारा सम्पादीत कार्य बाट गैर ब्यत्तित्व हरुले फाइदा उठाउनेछन । अरुको बिश्वासमा नपर्नु होला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खोज तथा अनुसन्धानात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनको क्षेत्रमा उत्तम समय रहेकोछ । अधुराकार्यहरु पुन सुचारु हुनेछन । मित्रजनहरुको साथ सहयोगमा आम्दानि क्षेत्र सबल रहने योग रहेकोछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

मनोरञ्जनका क्षेत्रमा दिन ब्यतित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा मन रम्नेछ । भुमि तथा वाहान सुख प्राप्त रहनेछ । स्थीर क्षेत्रमा गरीएको लगानी उत्तम साबित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित रहनेछन ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बल तथा प्रराक्रमका क्षेत्रबाट जटिल कार्य सम्पादित रहनेछन । सामान्य यात्राको सम्भाबना रहनेछ । मित्रजनहरुको साथ सहयोगमा बृद्धि हुनेछ । प्रतिश्पदा जन्य कार्यमा तपाई अब्बल स्थान प्राप्त गर्नु हुनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्थीर क्षेत्रको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ । वाणिमा मधुरता छाउनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित रहला । अरुको बिश्वासमा पर्नाले कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामाजीक कार्यमा समय ब्यतित रहनेछ । सामान्य मानसम्मान प्राप्तीको योग रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहनेछ । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भोगबिलासीताका साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु् उत्तम रहनेछ । नेत्र तथा सिरको समस्याले सताउन सक्नेछ । शत्रु पक्ष सबल रहनाले कार्य क्षेत्रमा सावधानि अपनाउनु होला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित रहला । बौधिक ब्यत्तित्वहरुको साथमा कामकाजको अवसर प्राप्त रहनेछ । आर्य आर्जनका बिभिन्न श्रोत हरु फेला पर्नेछन । कार्य क्षेत्रमा पदोन्नतीको समेत सम्भाबना रहेकोछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अधुरा तथा टागींएर रहेका कार्य सहजता पुर्ण ढंगमा सम्पादित रहनेछन । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ साथै सामान्य मान प्रतीष्ठा समेत प्राप्त रहनेछ । अरुलाई आर्कशीत पार्ने क्षमतामा बृद्धि हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

यात्राकारक दिन रहेकोछ । कुनै धार्मीक कार्यमा सहभागीताको योग बन्नेछ । नसोचेको क्षेत्रबाट सामान्य धनराशी हात पर्नाले मन प्रशन्न रहनेछ । मित्रजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिश्वासिला ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेकोछ । गरीरहेको कार्य सम्पादनमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढीलाईको सामना गर्नु पर्नेछ । खानपानमा बिषेश सावधानि अपनाउनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

ब्यापार ब्यवसायको क्षेत्रमा समय उत्तम रहनेछ । पारीवारीक साथ सहयोग प्राप्त रहनेछ । मनोरञ्जनात्मक कार्यमा समय ब्यतित रहनेछ । प्रेम सम्बन्धमा सुमधुरता छाउनेछ । पुरानो लगानि उठाउन समयले बिषेश साथ दिएकोछ ।  – ज्यो.पं.सरोज घिमिरे /