Tuesday, September 29

नेपाल आइडलकी जज इन्दिरा जोशीले प्रतिस्पर्धी कार्यक्रम द भ्वाइसबारे यस्तो रहस्य खोलिन् ।हेर्नुहोस (भिडियो सहित)

काठमाडौं । नेपालमा यतिबेला रियालिटी शोहरुले चर्चा कमाइरहेका छन्। गायन प्रतियोगिता नेपाल आइडल र द भ्वाइस अफ नेपालले गायन प्रतिभा भएका नेपालीहरुलाई एउटा अवसर पनि प्रदान गरिरहेका छन्।

नेपाल आइडलमा निर्णायकको रुपमा रहेकी गायिका इन्दिरा जोशी नेपालको युवापुस्ताको लोकप्रिय गायिका हुन्। उनले नेपाल आइडलमा हुन पाउँदा आफूलाई गर्व महसुस हुने बताएकी छिन्। एक अन्तर्वार्तामा इन्दिराले द भ्वाइस अफ नेपालको कुर्सीमा बस्ने रहर छ या छैन भन्ने प्रश्नमा उक्त जवाफ दिएकी थिइन्। इन्दिराका अनुसार, नेपाल आइडलले व्यक्ति उसैको ठाउँमा गएर, उसलाई सुनेर काठमाडौंसम्म ल्याउँछ।

उसलाई विभिन्न कुरा सिकाउंदै अगाडी बढाउँछ र आइडलको परिचय दिन्छ। यसअर्थमा नेपाल आइडलको हिस्सा हुन पाउँदा आफूलाई गर्व लाग्ने उनी बताउँछिन्। सामाजिक संजालमा द भ्वाइस अफ नेपाल र नेपाल आइडलका पक्ष विपक्ष बीच बहस पनि हुने गर्छ।

इन्दिराका अनुसार, द भ्वाइस अफ नेपालको टिम नेपाल आइडलको पहिलो सिजनमा रहेको टिम भएको हुँदा, उनीहरु बीच मित्रता छ । आफूहरु ग्रुप च्याट मार्फत कुराकानी गर्ने गरेको समेत उनी बताउँछिन्। भिडियो हेर्नूहोस।