Tuesday, September 29

भारतीय टिभी शोमा घन्कियो नेपाली गीत: नेपाली युवाहरुले दिए दमदार प्रस्तुती, जजहरु चकित (भिडियो सहित)

भारतीय रियालिटी शोमा घन्कियो नेपाली गीत, नेपाली युवाको दमदार प्रस्तुती तलको भिडियो हेर्नूहोस।।

काठमाडौँ। केही महिना अगाडि दीपक बज्राचार्यले सार्वजनिक गरेको गीत ‘मन मगन’ले निकै राम्रो चर्चा पाएको थियो। ‘ओ अमिरा’, ‘मायाको डोरीले’, ‘फर्केर आउने छैन्’ जस्ता गीत गाएर युवा पुस्ताको मन जितेका दीपक बज्राचार्यले ‘मन मगन’मार्फत सबैलाई आकर्षित गर्न सफल भए।

नेपालका विभिन्न बाजागाजा, नृत्य, भेषभूषा, संस्कृति, रहनसहनलाई समायोजन गरिएको गीत निकै राम्रो बनेको छ।

यसैबीच भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस ४’को अडिसन राउन्डमा काठमाडौंको रैपिडो च्याम्स समूहले उक्त गीतमा आफ्नो प्रस्तुती दिएको छ। डान्स ग्रुपका तीन सदस्यले उक्त गीतमा प्रस्तुत गरेको नृत्यलाई निकै रुचाइएको छ। शोका जजहरुले गीत र नृत्यको खुलेरै प्रशंसा गरेका छन्। हेर्नुहोस् भिडियो।