Saturday, October 31

राजेश पायल राईको ‘देउसी भैलो’ गीत सार्वजनिक (भिडियो सहित)

२२ असोज,काठमाडौं । नेपाली साङ्गीतिक बजारमा नेपाली चाड पर्व, विभिन्न संस्कृति र रहन सहनका विषयलाई लिएर गीत सङ्गीतको सिर्जना गर्ने गरिन्छ। नेपालीहरू हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजया दशमी तथा शुभ-दीपावली नजिकिँदै गर्दा बजारमा नयाँ-नयाँ गीतहरू सार्वजनिक हुन थालेको छ ।

यिनै चाड पर्वलाई समेटे भर्सटायल गायक राजेश पायल राईको आवाजमा रहेको ‘देउसी भैलो’ गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा कार्यक्रम गरी ‘शिरफुल शिरैमा’ एल्वमको विमोचन कार्यक्रममा ‘देशी भैलो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

हेर्नुहोस राजेश पायल राईको रमाईलो ‘देउसी भैलो’ गीतको भिडियो: हेर्नूहोस।