Friday, September 18

माग्ने बुढाको अङ्ग्रेजी सुनेर दिपिका ट्वाँ (भिडियो सहित कुराकानी)

काठमाडौँ। बहुप्रतिक्षित पछिल्लो  फिल्म हो ‘छक्का पन्जा-3’ । फूलपातीको दिन प्रदर्शन हुने भनिएता पनी यो फिल्म घटस्थापनाकै दिन प्रदर्शनमा आउने भएको छ । अहिले यस फिल्मको अग्रिम बुकिङ पनि खुला भएको छ । नेपाली सिने नगरीको इतिहास रच्दै मल्टिप्लेक्समा सर्वाधिक हल पाउने फिल्ममा आफ्नो नाम लेखिसकेको छ ‘छक्का पन्जा -३’ले ।

अहिले यो टिम फिल्म प्रमोसनमा व्यस्त छ । यसैक्रममा फिमका कलाकार माग्ने बुढा र नायिका दीपिका प्रसाईँ दसैँको मुडमा देखिएका छन् ।

माग्नेका अनुसार दसैँमा उनी आधा केजी मासु किनेरै दसैँ टार्ने उनी बताउँछन् । माग्ने बुढा अचेल धेरै अङ्ग्रेजी बोल्न थालेका छन् । उनको अङ्ग्रेजी सुनेर नायिका दीपिका पनी छक्क परेकी छिन् । एका एक माग्नेमा किन आयो त यस्तो परिवर्तन ? हेर्नुस् भिडियो।